News Portal

माधव नेपाल पक्षले छान्यो नयाँ अध्यक्ष, एमालेभित्रै भयंकर उथलपुथल

एनपर्दा संवाददाता
४८८७ पटक

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच अन्तर्संघर्ष चर्किरहेका बेला समानान्तरण कमिटी गठन प्रक्रिया अगाडि बढेको छ ।

माधव नेपाल पक्षले अर्घाखाँची जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेर नयाँ अध्यक्ष चुनेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको छ ।

शनिवार बसेको माधव नेपाल पक्षको बैठकले चैत मसान्तभित्र पालिका, वडा र टोल तहका कमिटीहरू पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरू पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधानसभा सदस्य डा. दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाल लगायत एमालेलाई विधि, प्रक्रिया र जनचाहना अनुरूप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको जनाएका छन् ।

अर्घाखाँची जिल्लामा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष रहेका छन् । यसअघि केन्द्रमा समानान्तर भेला र बैठक गरेको भन्दै अध्यक्ष ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए । https://www.mediadabali.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...