News Portal

फेरीयो नेपाली राजनिति नयाँ प्रधानमन्त्रीमा अगाडि आए अर्कै !

एनपर्दा संवाददाता
३०९५ पटक

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लामो समयदेखि जारी प्रयास असफल भइरहेका बेला नेपाली राजनीतिले नयाँ मोड लिएको छ । प्रतिनिधि सभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धन सरकारको नेतृत्व दाबी गर्नुपर्ने पक्षमा उभिएको छ । यसअघि जसपाले ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने चर्चा हुने गरेपनि अब जसपा नै प्रधानमन्त्रीको कुर्सी ताक्न थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै जसपाको नेतृत्वमा सरकार बन्नुपर्ने मत अगाडि आएको छ ।

नेकपा माओवादी केन्द्र र जसपाको एउटा खेमाले सरकारको नेतृत्व लिन निरन्तर आग्रह गर्दा समेत अग्रसरता नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेका थिए ।

कांग्रेसको निर्णय लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल आईतवार जसपा अध्यक्ष महन्थ ठाकुर निवासमा पुगेका थिए । कांग्रेस नेताहरूका अनुसार शुक्रवार नेताहरूबीच भएको छलफलका क्रममा नेता पौडेलले जसपा नेताहरूलाई सहमत गराउन समन्वय गर्ने दाबी समेत गरेका थिए । सभापति देउवाले जसपालाई मनाउन ‘तपाईंको जिम्मा भयो’ भनेकाले पौडेल बिहानै हात्तिवनस्थित ठाकुर निवासमा गएका थिए ।

पौडेलसँगको भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गरिएकोप्रति असन्तुष्टि जनाएका छन् । ठाकुरको आशय गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने भन्ने रहेको जसपा नेताहरूले जनाएका छन् ।

जसपा सांसद राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए । ‘संसदमा कुनै पनि दलको बहुमत छैन, जसपाको नेतृत्वमा सरकार एउटा विकल्प हो,’ उनले भने ।

जसपामा भाबी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर हेरिएका छन् । नेपाली कांग्रेसको नयाँ निर्णयपछि कसरी अगाडि बढ्ने भन्नेबारे जसपाभित्र अनौपचारिक छलफल चलिरहेको जनाइएको छ । राजधानी बाहिर रहेका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौं फर्किएपछि बैठक बस्ने जसपाका नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...