News Portal

गृहमन्त्रीले दिए राजीनामा, राजनीतिक जीवनमा धक्का !

एनपर्दा संवाददाता
२६२२ पटक

भ्रष्टाचारको मामिलामा मुछिएको घटनापछि एक गृहमन्त्रीले राजीनामा नै दिनुपरेको छ । भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् । केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो ।

पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए । सोमबार मुम्बईको उच्च अदालतले सोही विषयमा अनुसन्धानको लागि सीबीआईलाई आदेश दिएको हो । अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

अन्य प्रहरी अधिकारीले पनि मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीमाथि असन्तुष्टि जनाएका थिए । देशमुख लामो समयदेखि महाराष्ट्रको मन्त्री रहँदै आएका थिए । यसपटक भ्रष्टाचार मामिलामा मुछिएपछि भने उनको राजनीतिक जीवनमा धक्का पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...

…अनि डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले...

भारतका पूर्वजर्नेलको डरलाग्दाे खुलासा : हिन्दूराष्ट्र र राजसंस्था हटाउन माओवादीलाई शक्तिमा पुर्यायौं (भिडियोसहित)

काठमाडौं । नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको सीमा मिच्दै आएको भारतले...

हार्दिक बधाई : नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक बाइक चलाउँदै कुलमान घिसिङ

नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक बाइकमा कुलमान घिसिङ । सामाजिक सञ्जाल बाट लिइएको । याे पनि...