News Portal

एमालेको क्लास टिचर म, माधवलाई होमवर्क दिने चाहिँ प्रचण्ड : ओली

एनपर्दा संवाददाता
३८४ पटक

काठमाडौँ । बुधवार प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्ट्याटस लेखे ।स्ट्याटसमा प्रधानमन्त्री ओलीको राजीनामाका सन्दर्भलाई उक्काएर भनिएको थियो, ‘प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर यस्तो कोशिस गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’

थापाले यत्तिकै फेसबूकमा ‘प्रचण्डको गृहकार्य’ शब्द उल्लेख गरेका होइनन् । बालुवाटारमा यसबारे लामै बहस भएको थियो ।सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेको भोलिपल्ट साँझ बालुवाटारमा आफ्नो सल्लाहकार टीमसहित केही अन्य नेताहरूलाई पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

कुरा गर्दै जाँदा ओलीले भने, ‘माधव नेपालहरू अब यता आउने होला । उतै बसे सांसद चैट हुन्छ । कमरेडहरू अहिले यताका न उताका भएर बसिरहेका छन् ।’ त्यसपछि ओलीका असाध्यै निकट मानिने एक नेता बोले, ‘यता आउनु त राम्रै हो । तर प्रचण्डले दिएको होमवर्क बोकेर आउलान् भन्ने पीर पो छ त !’

प्रचण्डको होमवर्कको प्रसंग आएपछि त्यहाँ उपस्थित सबै हाँसे । त्यसपछि ओलीले भने, ‘एमालेको क्लास टिचर चाहिँ म, अनि धेरै पहिलाका मास्टर प्रचण्डको होमवर्क गर्न खोजे के हाल होला, तपाईंहरूले बुझिराख्नु भएको छ ।’त्यही सन्दर्भमा भएको कुराकानीलाई लिएर थापाले सामाजिक सञ्जालमा प्रचण्डको होमवर्कको प्रसंग निकालेका हुन् ।

थापाले थपेका छन् – ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे ? वाहियात ! यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । सके पाँच वर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ ! राजीनामाको बेमौसमी बाँसुरी धेरै बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।’

यतिबेला बालुवाटार प्रचण्डको होमवर्कसँग त्रसित देखिन्छ । नेकपामै हुँदा पनि प्रचण्डसँग चोचोमोचो मिलाएर ओलीविरुद्धको संघर्षमा होमिएका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र अन्य नेताहरू घरको न घाटको भएको बालुवाटारको निष्कर्ष छ । https://www.jyotinews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...