News Portal

राजीनामा दिएर माओवादी मन्त्रीहरू सरकारबाट बाहिर

एनपर्दा संवाददाता
४३५ पटक

पोखरा – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेशसभा बैठकमा बुधवार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु अनैतिक बताउँदै बाहिरिएको बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी २ मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको बताएका छन् ।

माओवादीका २ मन्त्रीले राजीनामा बुझाए पनि गण्डकीमा राष्ट्रिय जनमोर्चाको समर्थन कायम रहेसम्म मुख्यमन्त्री गुरुङ सुरक्षित देखिएका छन् । कूल ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद रहेका छन् भने जनमोर्चाका ३ सदस्य छन् ।

बहुमत पुग्न ३१ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...