News Portal

ओलीभन्दा बढी मत ल्याएर विजयी भएको हुँ, फुर्ती नलगाउँदा हुन्छ : भीम रावल

एनपर्दा संवाददाता
३६२ पटक

कैलाली : नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताएका छन् ।

मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश स्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफनो गुटको भेला बोलाएर आफू अनुकुल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाएका हुन् ।

रावलले ओलीले कारवाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै ओलीको निरंकुशताविरुद्ध प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्ने बताए ।पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीभन्दा बढी मत ल्याएर विजयी भएको व्यक्ति हुँ म,

रावलले भने, प्रतिनिधिसभाको चुनावमा पनि म अछामबाट विजयी र ओली झापाबाट विजयी भएका हुन् । पार्टीको विधि विधान मिचेर कसैले पनि फुर्ती नलगाउँदा हुन्छ,उनले भने, पालो आइसकेको छ जनता र कार्यकर्ताले ठेगाना लगाउने दिन ।

उनले कथा सुनाउँदै भने, एउटा बच्चा रहेछ । बच्चा पाउन दुई आमाले न्यायाधीश कहाँ उजुरी हालेछ । न्यायाधीश कस्तो परेछ भने एकदमै धूर्त । न्यायाधीशले भनेछ दुवैले बच्चा पाउन बीच भागबाट चिर्नुपर्छ । नक्कली आमाले भनेछ हुन्छ श्रीमान् । त्यस्तै अहिलेको ओली प्रवृत्ति हो ।

आफूहरुले त्याग र बलिदान गरी जन्माएको बच्चालाई ओलीको हातबाट चाँडै खोसेर ल्याउन विशेष अभियान शुरु गर्न लागेको बताउँदै उनले सबैलाई संघर्षको मैदानमा उत्रन आह्वानसमेत गरे ।

प्रतिकृया दिनुहोस्

….त्यसपछि जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर….

मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको क र णी पछि ह त्या गरेको आशंकामा...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने-बुझाउने प्रयास सकियो, अब एक्शन शुरु हुन्छ…

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने...

एमसीसी पास गर्ने पक्षमा काँग्रेस, एमसीसी कुनै हालतमा रोक्न हुन्न: देउवा

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपा`ली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।...

वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा...

गृहमन्त्री रामबहादुर थापा बादललाई हराउने योजना बुनिदै…

काठमाण्डौँ । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ...