News Portal

एमाले भित्र खैलबैला हुने गरी बिना मगरले पाइन् नयाँ जिम्मेवारी

एनपर्दा संवाददाता
८४४३ पटक

काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा पूर्व खानेपानीमन्त्री बिना मगरलाई विकास तथा प्रविधि समिति सदस्यको जिम्मेवारी दिइएको जानकारी दिए ।

सभामुखबाट राजीनामा गरेपछि कुनै पनि संसदीय समितिमा नरहेका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिएका एमालेका घनश्याम भुसाल अर्थ समितिमा र योगेश भट्टराई शिक्षा तथा स्वास्थ्य समितिको सदस्यमा मनोनित भएका छन् ।

सरकारबाट बाहिरिएका माओवादी केन्द्रका सांसद वर्षमान पुन अर्थ समितिमा र गिरिराजमणि पोखरेल शिक्षा समितिमा मनोनित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा सरुवा भएका छन् । माओवादी केन्द्रकै पम्फा भुसाल राज्य व्यवस्था समितिबाट सार्वजनिक लेखा समितिमा गएकी छन् ।

नेकपा एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा गएका छन् भने महेश बस्नेत राज्य व्यवस्था समिति सदस्य मनोनित भएका छन् । नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेले संसदीय समितिमा हेरफेरको लागि सभामुख सापकोटालाई माग गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...