News Portal

बिवाद चर्किरहेका बेला सभामुखले गरे राजीनामा दिने घोषणा !

एनपर्दा संवाददाता
३३३१ पटक

जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । ‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ’, उनले भने ।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसि रहन नसकेको उनले बताएका छन् । सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका छन् । उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुन् । https://onlinemarg.com/ बाट साभार गरीएका हो ।

प्रधानमन्त्री हटाउन आज अविश्वासको प्रस्ताव दर्ता हुँदै, बालुवाटारमा खैलाबैला
प्रतिपक्ष दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने सुचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहान आकस्मिक बैठक बोलाएका छन् । एमाले आफ्नो समुहको बैठक विहान १० बजे बालुवाटारमा बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादीले सांसदहरुको हस्ताक्षर तयार पारेको छ । हस्ताक्षर तयार भएपछि सम्भवः आज नै ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । अविश्वासको प्रस्ताव आउन थालेपछि ओलीले आकस्मिक बैठक बोलाएका हुन् । राति ११ बजे आकस्मिक बैठकको सुचना केन्द्रीय सदस्य र सांसदहरुलाई दिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदहरु अविश्वास प्रस्तावका पक्ष वा विपक्ष कहाँ उभिन्छन् रु त्यो एकिन भइसकेको छैन । तर ओली नेपाल पक्ष अविस्वासका पक्षमा उभिने आँकलन गर्न थालेका छन् । नेपाल पक्ष अविस्वासका पक्षमा उभिने भन्दै उनीहरुलाई आज सांसदबाट बर्खास्त गर्ने तयारी पनि गरिएको छ ।

केही दिनअघि ओलीले नेपालसहितका २७ संघिय सांसदलाई स्पष्टीकरण सोधेका थिए । त्यही आधारमा ओलीले २७ सांसदलाई पदमुक्तको निर्णय गर्न लागेको स्रोतले बताएको छ ।

ओलीले कारवाहीको डण्डा बर्साउन थालेपछि नेपाल पक्षका सांसदहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । रिटको पेशी आज तोकिएको छ । सर्वोच्च अदालतबाट आदेश आउनुअघि नै सांसदहरुलाई निलम्बनको निर्णय गर्न ओली हतारिएका छन् ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...