News Portal

एमसिसीबारे भ्रम फैलाइयो, अमेरिकी सेना आउँछ रे ! कसले आउन दिन्छ नेपालमा ? : देउवा

एनपर्दा संवाददाता
३७९ पटक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।

‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’

एमसिसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन्। ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्रश्न गरे, ‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’

एमसिसी पारित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए।साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसिसी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...