News Portal

ओली तिरै फर्किएका बामदेव समुहका यी हुन् ५ नेता, एक्लिएका अन्तत् एक्लै भए गौतम

एनपर्दा संवाददाता
३५३ पटक

काठमाडौं – नेकपा एमालेका नेता बामदेव गौतमलाई आफ्नैले धमाधम छाड्न थालेका छन् । गौतमका विश्वासपात्र भनिएकाहरु धमाधम छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा जान थालेका छन् । गौतम निकट बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीले क्याम्प परिवर्तन गरेका छन् ।

उनी ओली समूहमा गएर राज्यमन्त्री बनिसकेका छन् । गौतमको एकता अभियानका दिपक मनाङेले पनि साथ छाडेका छन् । मन्त्री बन्ने भएपछि स्वतन्त्र हैसियतका मनाङे पृथ्वी सुब्बा गुरुङसँग जोडिएका छन् । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथिको अविश्वासको प्रस्तावमा मतदान हुनुपूर्व मनाङे स्वीच अफ गरेर हराएका थिए ।

विगतमा गौतमसँग नजिक रहेर निर्देशन मान्दै आएका मनाङे परिवर्तन भएको विषयले भैंसेपाटीमा खैलाबैला मच्चिएको छ । बामदेवलाई विगतमा साथ दिदै आएका घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतले पनि साथ छाडिसकेका छन् । उनीहरु पछिल्लो समय माधव नेपाल र झलनाथ खनालसँग नजिक छन् ।

संघीयता खारेज हुन सक्ने
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् ।

नोबेल कोरोनाभाइरस ९कोभिड–१९० को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, सरकारले परामर्श लिएको छ कि छैन रु’ भनेर गरिएको प्रश्नमा नेता गुरुङले सरकारप्रति यस्तो तीखो टिप्पणी गरेका हुन् ।

संविधान, कानून, राजनीतिक मूल्यमान्यता सबै वर्तमान सरकारले लत्याउँदै हिंडेका कारण आफूहरुको खबरदारीले कुनै काम नगरेको, अर्थ नराखेको उनको गुनासो छ ।बजेट अधिवेशन बोलाउने बेला त भयो, तर बोलाउनेरनबोलाउने सरकारको कुरा हो । बरु संकटकाल लगाए अधिवेशन बोलाउनु पर्दैन, जेठ १५ गते बजेट पेश गर्नु पनि पर्दैन भन्ने बाटो सरकारले रोज्न सक्छ । सरकारले लकडाउन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसमा समेत गलत कदम चाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन । https://praharnews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...