News Portal

लुम्बिनी प्रदेशमा एमालेकै एकल सरकार, बिमला खत्री एमाले मै छु…

एनपर्दा संवाददाता
८२५ पटक

काठमाडौं-: लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य बिमला खत्रीले नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको सदस्यता पाउँ भनी दिएको निवेदन भाइरल भइरहेका बेला नेकपा एमालेका एक उच्च तहका नेताले भने

सांसद खत्री एमालेमै रहेको दावी गरेका छन् । उनले बाहिर सांसद खत्री माओवादी प्रवेश गरेको भनी फैलाइएको हल्ला निराधार भएको भन्दै खत्री आफूहरुको सम्पर्कमै रहेको दावी गरे ।

त्यो पत्र तीन हप्ताभन्दा पहिलेको हो । त्यसपछि हाम्रो १६ पटक बैठक बसिसकेको छ । हरेक बैठकमा उहाँ सहभागी हुनुहुन्छ र उहाँको हस्ताक्षर पनि छ’ ती नेताले डिसीनेपालसँग भने ‘उहाँ अहिले पनि हाम्रो सम्पर्कमै हुनुहुन्छ ।

उहाँले पार्टी परित्याग गरेर अर्को पार्टी प्रवेश गरेको होइन ।ती नेताले सांसद खत्री अहिले पनि आफूहरुसँगै रहेकोले लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार गठन हुने दावी गरे । उनले प्रदेशसभा विघटन पनि नहुने दावी गरे ।

अहिले माओवादी प्रवेश गरेकी भनिएकी सांसद खत्री दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी हुन् । त्यहाँ पहिले उनकै श्रीमान उत्तरकुमार वली सांसद थिए ।

वलीको दुर्घटनामा निधन भएपछि सोही स्थानमा उपचुनाबमा खत्रीले जितेकी हुन् । वली नेकपा एमालेको तर्फबाट सांसद थिए । तर, खत्री निर्वाचित हुने बेलामा भने एमाले र माओवादी एकीकरण भएर नेकपा बनिसकेको थियो । खत्रीले नेकपाको तर्फबाट सूर्य चुनाव चिन्हमा चुनाव जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...