News Portal

अबको केहि दिनमा ओलीमुक्त देश बनाउनुपर्छ – नेता खतिवडा

एनपर्दा संवाददाता
४१४ पटक

काठमाडौं,। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्ने बताएका छन् । नेता खतिवडाले भने–‘अहिले हाम्रो पार्टीको पदाधिकारी बैठक जारी छ, अब ओली सरकारका दिनगिन्ती सुरु भयो । यो सरकारले संविधान र व्यवस्था नै ध्वस्त बनाउने काम गरेको छ । आफ्नो मनलाग्दी गरिएको छ, यो अति भएको थियो । अब ओली सरकारको बहिर्गमन निश्चित् छ ।’

उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि प्रधानमन्त्री ओलीले संसद स्थगित् गरेको पनि आरोप लगाए । उनले भने‘आफूलाई हटाउन लागे भन्ने थाहा पाएपछि संसद् नै स्थगित् गर्ने काम उहाँबाट भएको छ, यो त सरासर संविधान मिच्ने काम हो नि । अहिले उहाँको क्याविनेटमा एक तिहाई मन्त्री सांसद नभएकाहरु छन् । यो कस्तो विडम्बना ? उहाँले लोकतन्त्र समाप्त पार्न खोज्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीबाट पछिल्लो समय नेपालको राजनीतिलाई घृणित गर्ने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘अब त कस्तो भयो भने हेर्नुहोस, हिजो नेकपालाई भोट हाल्नेहरुलाई पनि ठूलो पछुतो छ, म कम्युनिष्ट थिएँ, भोट हालेको थिएँ भन्नेहरुलाई पनि ओलीको काम र व्यवहारले गर्दा आज मुख छोपेर हिँड्ने अवस्था आएको छ । मुलुकले बुझ्ने बेला आएको छ । अलिकति समय अझै छ, अब ओलीमुक्त देश बनाउनुपर्छ । यो नै आजको आवश्यकत्तता हो ।’

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे प्रयास गरेपनि त्यो सम्भव नहुने जिकिर गरे । प्रधानमन्त्रीले यही बैशाख २७ गते विश्वासको मत लिने कार्यतालिका छ । उनले भने,‘उहाँले विश्वासको मत पाउनुहुन्न, उहाँ अहिलेपनि अल्पमतमा हुनुहुन्छ, माओवादी केन्द्रले त यो सरकारलाई समर्थन छैन भनेर भनिरहेको छ, आज पनि माओवादी केन्द्रको बैठक जारी छ । सायद, आज उहाँहरुले केही महत्वपूर्ण निर्णय लिनुहोला ।’ प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष तत्कालिन समाजवादी पार्टी फुटाउन प्रयास गरेको र अहिले जनता समाजवादी पार्टी फुटाउन उद्धत रहेको पनि उनको टिप्पणी छ ।

उनले भने,‘हिजो पनि उहाँ पार्टी फुटाउने फोहोरी खेलमा लाग्नुभएकै थियो, अहिले आफ्नो कुर्सी जोगाउनको लागि जनता समाजवादी पार्टी फुटाउनतिर लाग्नुभयो । यो गलत काम हो ।’ उनले ओलीले आफूनिकट मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव आउनेबित्तिकै राज्य शक्तिको दुरुपयोग गर्दै त्यसलाई छल्ने काम गरेको पनि गम्भी आरोप लगाए । उनले भने,‘प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आयो, उहाँकै निर्देशनमा प्रदेशसभा स्थगित् गरियो, पछि गण्डकी, लुीम्बनी, र प्रदेश नम्बर २ मा आउँदा पनि त्यही काम गर्नुभयो । उहाँ त यो व्यवस्था र पद्धती समाप्त पार्ने खेलमा लाग्नुभयो ।’

उनले मुलुक कोरोनाको कारण भयावह अवस्थामा रहेको बेला सरकार र यसका मन्त्रीहरु भने उद्घाट्न र निरीक्षणमा हुलका हुल बाँधेर हिँड्ने गरेको गुनासो पोखे । हिजो राणा र राजाहरुको पालामा पनि नभएका निरंकुश काम ओलीबाट भएको उनको भनाई छ । सोहीअनुसार प्रदेश प्रमुखहरु रातारात फेरिएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...