News Portal

नेपाली कांग्रेसको निर्णय माओवादीसँग गठबन्धन गरेर चुनाव लड्ने

एनपर्दा संवाददाता
१२२४ पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर राष्ट्रियसभा सदस्य उपनिर्वाचन लड्ने निर्णय गरेको छ ।मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले माओवादीसँग मिल्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलवार बसेको बैठकले राष्ट्रिय सभामा खाली भएका सिटमा १/१ सिट हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ ।

‘राष्ट्रिय सभामा २ सिट खाली भएको छ,’ डा. महतले भने, ‘आगामी जेठ ६ बागमती प्रदेशमा निर्वाचन घोषणा भएको छ । लगत्तै लुम्बिनी प्रदेशमा समेत निर्वाचन घोषणा हुनेछ । त्यसमा १/१ सिट हुने गरी माओवादी केन्द्रसँग एलाइन्स हुनेछ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका छन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।‘आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ,’ सहमहामन्त्री महतले भनेका छन्, ‘हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकबाट विश्वासको मतको खिलाफमा उभिने निर्णय गरेका छौं ।’

महतले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने निर्णय समेत गरेको छ । पार्टीको १४ औं महाधिवेशनका लागि सदस्यता छानबिन सहितका आन्तरिक गतिविधि जारी राख्ने निर्णय भएको सहमहामन्त्री महतले बताए । https://www.mediadabali.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...