News Portal

सामूहिक राजीनामाका लागि नेपाल-खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदको हस्ताक्षर

एनपर्दा संवाददाता
३४८ पटक

काठमाडौं, । नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले सामूहिक राजीनामाका लागि हस्ताक्षरसहित पत्र तयार पारेका छन् । उनीहरुले आफू पक्षीय बैठक बसी राजीनामा तयार पारेका हुन् ।

२३ जना प्रत्यक्ष निर्वाचित सांसद नेपाल-खनाल समूहमा रहेकामा २ जनाले अझै केही समय कुरौं भनेको र बाँकी २१ जनाले हस्ताक्षर बुझाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बानेश्वरमा भेला भई उनीहरुले हस्ताक्षर बुझाएका थिए । उक्त हस्ताक्षर कुनैपनि बेला बुझाइने गरी ठिक्क पारिएको छ ।

हस्ताक्षर बुझाउनेहरुले यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने सम्भावना रहेकाले राजीनामा दिएरै बढ्नु उचित हुने राय राखेको बुझिएको छ । माधव कुमार नेपाल र झलनाथ खनाल निकट उनीहरुले अब नयाँ ढंगले बढ्नुपर्नेमा सुझाव समेत राखेका थिए ।

सांसद सदस्यबाट राजीनामा दिएर ओलीको विकल्पमा नयाँ प्रधानमन्त्री बन्न सक्ने सम्भावना बलियो बनाउने माधव नेपालको रणनीति अन्तर्गत हो । विश्वासको मत असफल पार्ने र सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री बन्नबाट समेत रोक्ने रणनीति नेपालले बनाएका छन् ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...