News Portal

बिस्वासको मत तयारी हुँदै गर्दा एमालेका १० जना सांसदलाई कारवाही (नामसहित)

एनपर्दा संवाददाता
६४२ पटक

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए । झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

निलम्बन गर्नसक्ने ३२ सांसदको नाम
१) माधवकुमार नेपाल २) भीम रावल ३) सुरेन्द्र पाण्डे ४) घनश्याम भुसाल ५) पवित्रा निरौला ६) झपट रावल ७) मेटमणि चौधरी ८) यज्ञराज सुनुवार ९) जीवनराम श्रेष्ठ १०) झलनाथ खनाल ११) विरोध खतिवडा १२) सोमप्रसाद पाण्डे १३) भवानी खापुङ १४) नारायण खतिवडा १५) जयकुमार राई १६) गणेश पहाडी १७) दिपकप्रकाश भट्ट १८) योगेशकुमार भट्टराई १९) हिराचन्द्र केसी २०) पुष्पाकुमारी कर्ण कायस्थ २१) कल्याणी खड्का २२) लक्ष्मीकुमारी चौधरी २३) सरलाकुमारी यादव २४) कृष्णलाल महर्जन २५) नीरादेवी जैरु २६) मुकुन्द नेउपाने २७) रामकुमारी झाक्री https://www.hamroeconomy.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...