News Portal

जनता र पार्टीविरुद्ध ज्यादती गरेको म सहन्न, सिधासिधै कारवाही हुन्छ – ओली

एनपर्दा संवाददाता
३२९ पटक

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टी विरुद्धका गतिविधि सहन नसकिने बताउनु भएको छ । उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र पार्टीविरुद्ध नलाग्न माधव गुटलाई चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘सहने पनि एउटा हद हुन्छ, मविरुद्ध जे–जे गर्नुस्, तर पार्टी र जनताविरुद्ध ज्यादती गरेको म सहन्नँ ।’

जनता र पार्टीविरुद्धका गतिविधि रोकेर पार्टीमा फर्कन उहाँले माधव नेपाललाई आग्रह गर्नुभयो । पार्टीमा बसेर आफूलाई जति कटाक्ष गरेपनि फरक नपर्ने तर पार्टी विरोधी गतिविधि गरे माधवलाई ठीक पार्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले पनि माधवजी पार्टी विरोधी काम गर्दै हुनुहुन्छ, म यसको सीमा हेरिरहेको छु ।’ माधव लगायत चार नेतालाई पार्टी हित विपरित काम गरेको भन्दै एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ ।

माधव नेपालले गल्ती स्वीकारेर आए अझै पनि पार्टीमा ठाँउ भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफ्नै पार्टी सम्झेर आउनुस्, गल्ती स्वीकारेर आउनुस,पूरै जिम्मेवारी दिन्छौं, पार्टी फुटाएर गएको चोइटोलाई पार्टी स्वीकार गर्न सकिन्न ।’ प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई आग्रह गर्नुभयो । आजसम्म गरेका पार्टी विरोधी अपराधहरुको आत्मआलोचना गरे मात्र माधवलाई पार्टीमा स्वागत गरिने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘माधवजी पार्टीमा आए हामी स्वागत गर्छौं, तर पार्टीलाई ध्वस्त गर्ने काम भने गर्न पाईंदैन, गुटबन्दी गर्न पाईंदैन,

प्रधानमन्त्री ओलीले पार्टीका निलम्बित नेता माधवले आफूलाई सहयोग गर्नेलाई टिकट दिने आश्वासन दिएको पनि सुनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘केपी ओलीले टिकट दिएन भने म दिन्छु रे, टिकट त बसपार्कमा ड्राइभरले पनि दिन्छ ।’

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...