News Portal

बाँचियो भने नाफा त अर्को साल कमाउँला, यो संकटका बेला सबै बैंकका कर्जाका ब्याज मिनाहा हुनुपर्छ’

एनपर्दा संवाददाता
४८४ पटक

काठमाडौँ । पूराना बैंकर एवम् हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपाल राष्ट्र बैंकले ल्याएको पछिलो व्यवस्थालाई ‘डुबाउने खेल’ को संज्ञा दिएका छन् । उद्योगी ब्यबसायीलाई चैत्रको बैकं ऋृणको सावा ब्याज किस्ता असार मसान्तमा तिर्ने ब्यवस्था राहत नभई डुबाउने खेल भएको भन्दै उनले राहतको प्याकेज आउनुपर्नेमा जोड दिएका छन् । उद्योग व्कोयवसायको हितअका लागि उनले निम्न सुझावहरुसमेत दिएका छन्।

१) उद्योगी व्लायवसायीहरुलाई चैत्रको बैकं ऋृणको सावा ब्याज किस्ता असार मसान्तमा तिर्ने ब्यवस्था राहत नभइ डुबाउने खेल हो । लकडाउनको चेन असर असार पछिसम्म जान्छ । कारोबार नियमित र राम्रो हुदैन ।क्यासफ्लो नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?

२) उद्योग ब्यवसाय चलेमा बैकं पनि चल्ने र सरकारले पनि कर पाउने तथा रोजगारी बृद्धिलगायत समग्र अर्थतन्त्र चलायमान हुन्छ । त्यसैले उद्योग व्यवसायको संरक्षण र बिकास नै प्रमुख कुरा रहेक‍ो बुझ्नु जरुरी छ।

३) बैकंहरु नाफा कमाउने संस्था हुन् । सधै कमाएका पनि छन् ।तर अहिले बाच्ने र बचाउने बेला हो । बाचे भने फेरि कमाउन पाईन्छ । त्यसैले बैकंका ऋणिहरुको ३ महिनाको ब्याज असारको ब्याल्न्स सिट नेगेटिभ हुनेगरी पूर्णतः मिनाहा गर्नुपर्छ । नेगेटिभ हुनेको हकमा ब्यालेन्ससिट पोजेटिभ बनाउने जति रकम सरकारले बैकंलाई राज्यकोषबाट सब्सिडि दिनुपर्छ ।

४) महामारिमा एक बर्ष लाभांश नपाउदा कुनै शेयरधनीले बिरोध गर्दैनन । मेरो नि बैकं बिमामा शेयर छ, मलाई कुनै आपत्ति छैन । उद्योग ब्यवसाय चलेमा तथा बैकं र हामी रहेमा न नाफा खाने कुरा आउँछ ।

५) सरकारले पनि नाफाखोरि सोच हटाई बैकंहरुलाई ३०% को सट्टा २०% र उद्योग व्यवसायलाई २५% को सट्टा १५% कर मात्र लिने घोषणा गरि महासंकटको बेला उदार मन देखाई राहत दिनुपर्छ।

६) उद्योग ब्यवसायले खपत गर्ने विद्युतमा बिध्युत प्राधिकरणको बासलात नेगेटिभ नहुने गरि सके जति छुट दिनु पर्छ । कर्मचारिको रोजगारी बचाउन पारिश्रमिक करमा छुट दिएर तेति रकम तलबमा घटाउन पाउने गरि उद्योगकलाई खर्च कम गर्न सहयोग गर्नुपर्छ ।

७) नागरिक रहेमा उद्योग ब्यवसाय चल्ने ह‍ो, उद्योग ब्यवसाय रहेमा बैकं चल्ने ह‍ो र बैकं चलेमा अर्थतन्त्र राम्रो भई देश रहने हो। यो कुरा बुझि उदारता देखाउ । आफु नि बाचौं,अरु सबैलाई नि बचाउँ। यो खबर अर्थ सरोकारबाट साभार गरीएको।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...