News Portal

केपी ओलीको अघि अरु नेताहरु निरिह : बाबुराम भट्टराई

एनपर्दा संवाददाता
२४८ पटक

काठमाडौँ। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएकोमा दुख व्यक्त गरेका छन्। मंगलबार ट्वीटरमार्फत भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्दै गएको बताएका हुन्।

संविधानका स्तम्भ एकएक गर्दै ढल्दै गइरहेको बताउँदै भट्टराईले सबै पार्टी र नेताहरु निरीह साबित भइरहेको भट्टराईले बताए। वर्तमान केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट पनि पास गर्न नसक्ने उनको ठम्याई छ।

भट्टराईले लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...