News Portal

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

एनपर्दा संवाददाता
३४० पटक

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन सबै शक्ति परिचालन गरिने बताउनुभएको छ ।

थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार नेता नेपालले ‘तपाईं एमालेको उम्मेद्वार भएकोले विजयी गराउनु मेरो दायित्व हो’ भन्नुभएको छ । नेता नेपाललाई भेट्न थापा आज दिउँसो कोटेश्वर जानुभएको थियो । करिब ४५ मिनेट भएको भेटघाटमा एमाले विवादको समाधानका लागि पनि दुवै नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद् सचिवालयलाई गराउनु भएको छ । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।

यसअघि उपेन्द्र यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताउनुभएको छ ।

तर, अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराउनुभएको हो ।सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...