News Portal

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

एनपर्दा संवाददाता
५४० पटक

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र भैईरहेको विषयले प्राथमिकता पाईरहेको । यसअघि रक्षा मन्त्रि रहेका पोखरेको जिम्मेवारी खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका थिए ।

पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि कार्यविभाजनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको थियो । बिना बिभागिय मन्त्री बनाइएका पोखरेल हातमा कुनै जिम्मेवारी छैन । विगतमा रक्षा मन्त्री रहेका पोखरेल शक्तिहिन बनेको अवस्थामा बादललाई निर्वाचनबाट पराजित गरेर गृहमन्त्री बन्ने दाउमा छन् ।

निर्वाचनमा पराजित भए बादल ४ महिनामा अनिवार्य मन्त्रीबाट मुक्त हुन्छन् । संविधानको धारा ७८ उपधारा १ अनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति बढीमा ६ महिना मात्र मन्त्री हुन पाउने व्यवस्था छ । शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता लिन नसके उक्त स्थान स्वत रिक्त हुन्छ । करिब ७ महिनादेखि बिना विभागिए मन्त्री बनाईएका महासचिव ईश्वर पोख्रेल चुनावबाट बादललाई पाखा लगाएर गृह मन्त्री बन्ने तयारी रहेको विश्लेषकहरुको भनाई छ ।

बादल भन्दा खिमलाल देबकोटा नै खाटी एमाले र विज्ञ भएको पोखरेल र उनी निकटकाको भित्री निष्कर्ष छ । माधव समुहका डा खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएकाछन् । पोखरेल निकट स्रोतका अनुसार पोखरेल र नेम्वांगको कोपभाजनमा बादल बिरुद्ध भित्र भित्र योजना छ ।

सोत बामदेबलाई बर्दियामा नहराएको वर्तमान प्रधानमन्त्री ओली उहिलै पदच्युत हुँथे भन्ने नजिर पनि स्थापित छ । ओलीको काउण्टरमा उभिने पात्र बामदेबलाई बेलैमा राजनीतिक बली दिएको नजिर कायमै रहेको बेला बादललाई यो चुनाव निकै भारी पर्ने विश्लेषकहरु बताउँछन् । माओवादी छाडेर एमाले प्रवेश गरेर भाग खान आएका बादललाई बेदी चढाउनु पर्ने पोखरेलको भित्री मन्त्रणा रहेको विश्लेषण गर्न थालिएको ।

एमालेको बालुवाटारमा बसेको स्थायी समितिको बैठकले उम्मेद्धार उठाउने निर्णय गरे लगत्तै उनी सिम्रिक एयरको हेलिकप्टर मार्फत हेटौडा पुगेर उम्मेद्धारी मनोनयन दर्ता गराएका हुन् । ७४ सालमा माओवादी बाट निर्वाचित बादल एमालेमा गएपछि उनलाई पार्टीले कार्बाही गर्दा उनको पद रिक्त भएको थियो । https://dainiknewsnepal.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...