News Portal

राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई मालिको सेनाले लियो नियन्त्रणमा, यस्तो छ कारण !

एनपर्दा संवाददाता
१८८८ पटक

पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ।समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ। सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा राखिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न भनेका छन्।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको सेनासँग असन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए।राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर सेनाले यसपालि के गर्न खोजेको भन्ने स्पष्ट भइसकेको छैन। https://onlinemarg.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...