News Portal

सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

एनपर्दा संवाददाता
१७९० पटक

फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो।

समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएकी छिन्। प्रहरीले पनि विज्ञप्तीमा भनेको छ,‘प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। यद्यपी कानुनले त्यो स्वीकृति दिँदैन।’

फिनल्याण्डका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको दुरुपयोग गरिएको आरोप लगाएका छन्।यद्यपी प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाएकी छिन्।

उनले ट्विटरमा भनेकी छिन्,‘प्रधानमन्त्रीको रूपमा मैले खाना भत्ता अनुरोध गरेको छैन अथवा त्यस्तो निर्णयमा भाग लिएको छैन। जब म पदमा छु मलाई केसारान्तमा बस्न भनिएको छ, पहिलेका प्रधानमन्त्रीले पनि त्यसै गर्दै आएका थिए।’

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...