News Portal

केपी सरकारको गृहमन्त्रीमा राजेन्द्र महतो, ठाकुर पक्षमा भाँडभैलो, यी हुन ओलीका नयाँ ८ मन्त्रीहरु

एनपर्दा संवाददाता
६९४ पटक

काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षभित्र मन्त्री बन्ने विषयमा विवाद भएको छ । सरकारमा सहभागी हुने तयारी गरेका ठाकुर पक्षका नेताहरुबीच को को जाने भन्ने विषयमा विवाद भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको ठाकुर पक्षमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पनि विवाद छ ।

पछिल्लो समय राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी भएको बुझिएको थियो । तर, शरदसिंह भण्डारीले पनि सरकारमा जाने ईच्छा देखाएपछि विवाद बढेको हो ।

महतोले भने गृह मन्त्रालय मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजमात्रै अध्यक्ष ठाकुर र महतोले भेटवाता गरेका थिए । उक्त भेटवार्तामा सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको जानकारी दिएको छ । जसपाबाट मन्त्री बन्नेहरुमा महतो, भण्डारीसँगै विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, राजकिशोर यादवलगायतको नाम चर्चामा छ ।

अहिले जसपामा ठाकुर पक्षसँग २० जना सांसद छन् । अर्का अध्यक्ष उपेन्द्र यादवसँग १२ जना सांसद छन् । तर, जसपाको सर्वोच्च निकाय कार्यकारिणी समितिमा भने यादव पक्षको बहुमत छ ।

यादवले सरकारमा सहभागी भए पार्टीबाटै निश्काषन गर्ने चेतावनी दिएका छन् । कतिपय नेताले भने अब पार्टी फुटिसकेको बताउन थालेका छन् । ठाकुर पक्षले पूर्व राजपा नेपाल ब्युँताउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...