News Portal

फेरी अर्को ४ वर्ष जेल हाल्ने यस्तो प्रावधान सहितको अध्यादेश ल्याउने अन्तिम तयारी गर्दै सरकार

एनपर्दा संवाददाता
१२२४ पटक

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत शासन चलाइरहेको भनेर आलोचना भइरहेका बेला अर्काे अध्यादेश ल्याउने अन्तिम तयारी भइरहेको छ ।

कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई आक्रमण गरेमा ४ वर्षसम्म कैद हुनसक्ने प्रावधानसहित ओली सरकारले अर्काे अध्यादेश ल्याउन लागेको हो ।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको र दोषीमाथि कडा कारवाही गर्ने व्यवस्था गर्न लागिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीबीच ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भइरहेका घटना देखिएपछि अध्यादेशमार्फत कडा कानून ल्याउन सरकारको ध्यानाकर्षण गराइएको थियो ।

विभिन्न अभियान्ता र सरोकारवालाको मागअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भइसकेको स्रोतले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन संशोधन गर्नका ल्याउन अध्यादेशको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएपछि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुनेछ । प्रतिनिधिसभा अधिवेशन चालू नभएको अवस्थामा अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ ।

अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद् बैठक शाखामा अध्ययनको क्रममा रहेको स्रोतले जनाएको छ । प्रस्तावित अध्यादेशमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेशमार्फत सजाय सम्बन्धी व्यवस्थामा परिवर्तन गरेर स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आधात पुर्‍याउने तथा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा ४ वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान लागू गरिने भएको छ ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्यकर्मीलाई कुनै किसिमको धम्की दिने, मानसिक तनाब दिने वा अपमानजनक व्यवहार गर्ने गरेमा ५० हजार रूपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था प्रस्तावित अध्यादेशमा गरिएको छ ।

कुनै किसिमले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्‍याउने कार्य गरेमा २० हजार रुपैयाँसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुबै सजाय हुने व्यवस्था मस्यौदामा गरिएको छ । https://www.mediadabali.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...