News Portal

एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता नगराए केपी ओली अदालतबाटै बिदा हुने…

एनपर्दा संवाददाता
१३०५ पटक

काठमाडौं, । नेकपा एमालेका २३ सहित १४६ विघटित प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाईका क्रममा छ । रिट निकै बलियो यसकारण पनि छ कि विघटित प्रतिनिधि सभाका स्पष्ट बहुमत सांसदहरुले सशरीर या वारेशनामामार्फत् दर्ता गराएका छन् ।

सर्वोच्च अदालत यतिबेला निकै दबाबमा छ । देउवासँग सांसदहरुको स्पष्ट बहुमत छ । १४६ सांसदले दायर गरेको रिटको विपक्षमा जान सजिलो छैन । यही यथार्थलाई बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो देखिएका छन् । उनले आइतबार ६ बुँदे एमाले एकताको प्रस्ताव अगाडि सारेका छन् । जसमध्ये बुँदा नम्बर ४ मा र्शत सारेका छन्–आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरएको नेकपा एमालका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।

हस्ताक्षर फिर्ताको शर्त राख्दै ३ जेठ २०७५ पूर्वको अवस्थामा पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा फर्केर क्रियाशील हुने भनिएको छ । यसरी ओलीले एकाएक लचकना देखाएका छन् । जबकि उनले कुनै हालतमा २ जेठ २०७५ को अवस्थामा फर्कन नसकिने अडान राख्दै आएका थिए ।

प्रतिनिधि सभाको तत्कालीन २६७ सांसदमध्ये १४९ ले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहितको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । तीमध्ये २६ जना नेकपा एमालेका सांसद हुन् । पछि अदालतमा रिट दायर गर्दा २३ जना मात्र पुगे । यही २३ जनाको संख्या ओलीका लागि मुख्य चुनौती बनेको छ । त्यसैैले उनले २३ जनाको रिट फिर्ताको शर्त सारेका छन् ।

एमालेका २३ निवर्तमान सांसदले रिट फिर्ता गरेमा देउवा पुनः अल्पमतमा पर्ने देखिन्छ । त्यसले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने आधार प्रदान गर्न सक्छ । २३ सांसद घट्दा देउवाको पक्षमा १२३ संख्या मात्र पुग्छ । यो अल्पमतको संख्या हो ।

बहुमतको दाबी गरेका प्रतिनिधि सभाका तत्कालीन सांसद देउवालाई रोक्न ओलीसँग अब २३ एमाले सांसद नै मुख्य अस्त्र भएका छन् । त्यसैले उनले पार्टी एकताको अस्त्र फालेका छन् । एमालेका १२१ सांसद एक भएमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला आएपनि जसपाका ३२ मध्ये आधा सांसद पक्षमा आएमा ओली बहुमत पाउन सफल हुनेछन् ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...