News Portal

प्रधानमन्त्री केपी शर्मा ओलीसँग महेश बस्नेत रुष्ट, गुट परिवर्तनसम्मको चेतावनी

एनपर्दा संवाददाता
२९३ पटक

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् ।

बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् । उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्नेबारे छलफल गरेको बुझिएको छ ।

बस्नेतले ओलीको सत्ता टिकाउन जोखिम मोलेर भूमिका खेलेको भन्दै गृहमन्त्री दाबी गर्दै आएका थिए । उनको गृहमन्त्री बन्ने चर्चा पनि थियो । तर, ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेपछि बस्नेत रुष्ट भएका हुन् ।

प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न बस्नेतले जनता समाजवादी पार्टीका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा व्यवस्थापन गर्ने देखि साथमा ल्याउन भूमिका खेलेका थिए । उनले एक वर्ष अघि तत्कालीन समाजवादी पार्टी नेपाल विभाजनका लागि असफल भूमिका खेलेका थिए । डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याउँदा उनीमाथि अपहरणको सम्म आरोप लागेको थियो ।

२०७४ सालको आमनिर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन महेश बस्नेतले भूमिका खेलेको आरोप समेत लागेको थियो । गौतमलाई चुनाव हराएपछि ओलीका लागि प्रधानमन्त्री पद सहज भएको थियो । बस्नेतले ओलीलाई अप्ठ्यारो समयमा पनि साथ दिदै आएका छन् । जुझारु बनेर ओलीको पक्षमा भूमिका खेल्दै आएका छन् । https://www.reportersnepal.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...