News Portal

जो-जो गएपनि म चै एमालेमा जान्न : माधवकुमार नेपाल

एनपर्दा संवाददाता
२८८ पटक

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् उनले भने जो जो गएपनि म चै एमालेमा जान्न। उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेर प्रचण्ड र नेपालले नेतृत्व गर्ने गरी अघि बढ्नेबारे पनि छलफल बढेको छ । तर, कट्टेल सहमत हुने सम्भावना कम छ । त्यस्तो अवस्थामा कलम चिन्ह माग गरी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत बनाएर वृहत कम्युनिस्ट एकतामा माधव नेपाल लाग्ने सम्मको तयारी रहेको बुझिएको छ ।

नेपालले एमालेबाट निष्काशित भएपछि नयाँ दल खोल्ने खुलासा गरिसकेका छन् । उनलाई पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी आधाको साथ छ । यसैगरी, माधव नेपाल एमालेमा नफर्कने गरी बढेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई निराश भएका छन् । उनीहरु आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय भएका छन् ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...