News Portal

केपी ओलीले सरकार चलाउने, एमालेको अध्यक्षमा ईश्वर पोखरेल

एनपर्दा संवाददाता
३६२ पटक

काठमाडौं, । नेकपा एमालेका महासचिव इश्वार पोखरेलले आफु एमालेको अध्यक्षका लागि योग्य रहेको बताएका छन । शीर्ष नेतृत्वको विवाद र टकरावले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरु आक्रोशित बन्न थालेका छन् । ओली–माधवले पार्टीभित्रको समस्या समाधान गर्दै जानुपर्नेमा अन्य दलसँगको सहकार्यलाई प्राथमिकतामा राखेपछि दोस्रो तहले नेतृत्वको विकल्प खोज्न भूमिका खेलिरहेको छ ।

उनी बताउँछन, पार्टीमा बुढै बुढाहरुको पंक्ति हुन थाल्यो, कोही त जोस्सिएर काम गर्लान, तर सबै बुढाहरु त त्यस्तो हुन सक्दैनन् । त्यस्तो स्थितिमा संगठनको भविष्य के हुन्छ ? त्यस कारणले म भन्न चाहान्छु, म आउने महाधिवेशनमा नेतृत्व परिवर्तन गर्ने जुन विधि स्थापित गरेका थियौं एमालेको ९औं महाधिवेशनमा त्यसमा टेकेर अघि बढ्नु पर्छ भन्ने मलाई लाग्छ । कहिले काही बास्तवमा अवाश्यकता बोध भो परिस्थित परिपक्क छैन, देश भरिका कार्यकर्ताले माग त गर्छन तर परिस्थिति अर्कै भएकाले हुदैन । तर यि सबै समान्य नै हो, तर म त्यो पार्टी अध्यक्षको लागि योग्य छु भन्ने मेरो बुझाई हो ।

एमालेको शीर्ष नेतृत्व आफ्नै पार्टीभित्रको असन्तुष्टि मेटाएर एकताबद्ध हुनुको साटो फरक पार्टीको समीकरणलाई सहज मानेर हिड्न खोज्दा दोस्रो तहका नेताहरुमा आक्रोश देखिन थालेको छ । बुधबार पार्टी एकताका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखे, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड झलनाथ खनाल र माधव नेपाल पनि आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’ कस्ले, किन र के का लागि गर्दैछ यो सब रु भन्ने प्रश्न छोड्दै नेता भट्टराईले एमाले एकतामा समस्याको मुल जड खुट्याउने कोशिस गरेका छन् ।

ओली–माधवको शक्ति संघर्ष चुलिएर एमाले विभाजनको अन्तिम विन्दुमा रहेको बेला दोस्रो तहका नेताहरुले शीर्ष नेतृत्वकै टकराव र आनाबानीका कारण समस्या देखिएको निष्कर्ष निकालेका छन् ।

आइतबार अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन गरेको प्रस्ताव अस्विकार गर्दै माधव नेपालले सोमबार उस्तै प्रकृतिको पत्रयुद्ध जारी गरे । बरु अध्यक्ष ओलीविरुद्ध लड्न र सत्ता समीकरणका योजना असफल पार्न घोषितरुपमा विपक्षी गठबन्धनमा उभिएका नेपाल देउवा निवासमा पुगेर रणनीति बनाए । अध्यक्ष ओली पनि संकटका बेला वार्ता र सहमतीको कार्ड फ्याक्ने र माधव पक्षको अन्तर्यमा पुगेर समझदारी गर्नुको साटो अल्मल्याउने भूमिकामा छन् ।

बरु सत्ता सौदाबाजीकै कारण जसपालाई सरकारमा सामेल गराएका ओली माधव पक्षसँग प्रतिवादकै रुपमा उत्रिएका छन् । यसैकारण दोस्रो तहका नेताहरु अहिले शीर्ष नेतृत्वलाई पन्छाएर पार्टीको नेतृत्व लिन आफु पनि तयार भएको दाबी गर्न थालेका छन् । एकताका लागि पहिलेदेखि नै अनिच्छा देखाउँदै आएको भनिएका महासचिव ईश्वर पोखरेल आफु अध्यक्षको लायक रहेको बताउँछन् ।

शीर्ष नेतृत्वबीचको विवाद समाधान गर्न पछिल्लो समय मध्यस्थकर्ताको भूमिका खेलिरहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसाललगायतका नेताहरुले वालुवाटार र कोटेश्वरको चक्कर काटीरहेका छन् । यहीँ कारण उनीहरु ओलीको कित्तामा सामेल भएर मन्त्री बन्न थालेको चर्चा पनि भइरहेको छ । यता ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र बिष्णु रिमालसमेत निरन्तर छलफलमा छन् ।

मंगलबार पनि ओली पक्ष र माधव पक्षका ४ र ४ जनाले रातिसम्म करिब ४ घण्टा लामो वार्ता गरेर एकताको प्रयास गरेका थिए । निरन्तरको वार्ता र संवादपछि पनि ओली–माधवको मन माझ्न असफल नेताहरुले अब शीर्ष तहकै विकल्प खोज्नुपर्ने बेला भएको दाबी गर्छन् । तर २५ वर्षको उमेरमा पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेको इतिहासका अघि ७० वर्षका वृद्धले चलाईरहेको एमालेभित्र दोस्रो तहका नेताहरुलाई विकल्प खोज्न भने चुनौति नै देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...