News Portal

हतियार खोई भन्ने प्रश्न चौतर्फी उठेपछि बोले विप्लव, सबैलाई चकित पार्ने यस्तो जवाफ (भिडियो सहित)

एनपर्दा संवाददाता
१९२ पटक

काठमाण्डौ | शान्तीपूर्ण राजनीतिको मूलधारमा आएको नेत्रविक्रम चन्द विप्लव नेकपाको हतियार खोई भन्ने प्रश्न सबैले उठाएपछि उक्त पार्टीले जवाफ फर्काएको छ ।

नेकपा विप्लव समूहले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेको छ । सरकारसँग तीन बुँदे सहमतिका क्रममा हतियार व्यवस्थापनका कुरा कहीँकतै उल्लेख नभएपनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो पार्टीले आफूहरुसँग कुनै हतियार नरहेको दावी गरेको हो।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा तपाईँहरूसँग भएको हतियार कहाँ छ भन्ने प्रश्नमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उसो भए तपाईँहरूसँग अत्याधुनिक वा आधुनिक हतियार छैन रु त्यही सुतली बम मात्रै हो रु भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामीसँग हतियार छैन । हामीले हतियारको कुरा गरेको होइन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

अर्को प्रसंगमा उनले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने, ‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडलाई टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...