News Portal

माधव नेपालले प्रचण्ड र देउवा मोह नत्यागे मसहित धेरै साथीले साथ छाड्छाैँ – सचिव भट्टराई

एनपर्दा संवाददाता
५१५ पटक

काठमाडाैँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माधवकुमार नेपालले बदलीय परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उहाँको साथ छाड्ने बताउनुभएको छ । सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रकाश गिरीसँग कुरा गर्दै उहाँले बदलीय परिस्थितिमा पनि उहाँले सकारात्मक दिशा नसमाते उहाँको पछि नलाग्ने स्पष्ट पार्नुभयो ।

उहाँले चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोल्नुभयो भने पनि त्यसमा नलाग्ने उद्घोष गर्नुभयो । उहाँले नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनस्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने बताउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको आआफ्नो ठाउँमा सवल र दुर्बल पक्ष रहेको भन्दै एमालेका लागि सबैले त्यग गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता दुबैको तर्फबाट पार्टी एकताका लागि सहयोग पुग्ने सहमतिका बुँदाहरू प्रस्तुत भएको बताउनुभयो ।

भट्टराई निकटका सिन्धुलीका गणेश पहाडी वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व सम्हाली रहनुभएको छ । भट्टराईले १५ सिट भएको जसपाका ११ जना मन्त्री बनाएर प्रधानमन्त्रीले गल्ती गरेको पनिब बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...

कुनै २/४ जनाको झुण्ड होइन, देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका...

तु घर बिक्रीमा मात्र 7 लाख 99 हजार झुटो होईन सिधै धनि-को नम्बर छिटो हेर्नुस….

दाङ तुल्सिपुर हेम्नतपुरमा तु घर बिक्रीमा कोठा 3 वटा टवाईलेट भाथरुम सबै छ र पानी...