News Portal

पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन् (भिडियो सहित)

एनपर्दा संवाददाता
२०१ पटक

काठमाडौँ, । तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।

कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।आमा(छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।

मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए।घरबेटी प्रधान थरका रहेछन्। कोठा हेरेपछि रूपालाई मन पर्‍यो।घरबेटीसँग भाडाको कुरा भयो। कुरा मिल्यो। घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन्।

‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न, घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले सेतोपाटीसँग भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।
https://www.facebook.com/100009294943404/videos/3015243562128779/
रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने बताइन्।त्यत्तिकैमा घरबेटीले थरको कुरा उठाइन्। ‘मैले सिधै भनें(म कामीको छोरी हुँ,’ रूपाले भनिन्।उनको थर सुनेर घरबेटीले केही बोलिनन्। केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी उनी अकमकिइन्। रूपा र उनकी साथीहरू पनि केही बोल्न सकेनन्।

त्यसपछि घरबेटीले अनकनाएर भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन्।साथीसँगै उनी कोठामा फर्किइन्।घरबेटीले केहीबेरपछि उनकी साथीलाई फोन गरिछन् र कोठा नदिने कुरा सुनाइछन्।

हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो-यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहा भएन। बस्न मिल्दैन भनेर भन्नुभयो, उनले भनिन्।त्यसपछि रूपालाई यो कुरा आफूमा मात्र सीमित राख्न र चित्त दुःखाएर दबाइरहन मन लागेन।त्यसपछि राति उनले दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओ पोष्ट गरिन्।
https://www.facebook.com/100009294943404/videos/3015243562128779/

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...