News Portal

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

एनपर्दा संवाददाता
४६३ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले आफूहरू कुन पार्टीमा छौ भन्ने विषयमा सोधखोज शुरु गरेका छन्।

नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीमा समावेश भए पनि औपचारिक रुपमा निर्वाचन आयोगमा उक्त कमिटी दर्ता नभएपछि आफूहरू कुन पार्टीमा छौ भन्ने विषयमा रायमाझी र साहले खोजी शुरु गरेका हुन्।

नेताद्वय रायमाझी र साह शुक्रबार दिउँसो निर्वाचन आयोगमा पुगेर आयोगको दर्ता विवरण हेरेका हुन्। श्रोतका अनुसार ‘आयोगले आफूहरूलाई माओवादीका रुपमा चिन्छ कि एमालेका रुपमा चिन्छ’ भनेर बुझ्नकै लागि रायमाझी र साह आयोगको कार्यालय पुगेका हुन्।

रायमाझी र साहसहित ५ नेतालाई नेकपा माओवादी केन्द्रले सांसदबाट समेत निष्कासन गरेको छ। ‘नेकपा माओवादीले केन्द्रीय समितिबाट के आरोप लगाएर हटाएको रहेछ भन्ने पनि उहाँहरूले बुझ्नु भयो,’ आयोग श्रोतले भन्यो।

रायमाझी र साहले आयोगका पदाधिकारीसँग आफ्नो राजनीतिक भूमिकाको विषयमा दुवै नेताले जानकारी लिएको छन्। माओवादीको छच्याप्टर क्लोज’ भएपछि रायमाझी र साहले आफूहरूको नाम नेकपा एमाले केन्द्रीय कमिटीमा दर्ता रहे नरहेकोबारे पनि जानकारी लिएका छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभाबाट र पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई प्रतिनिधिसभाबाट निष्कासन गरिएको छ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादी ब्यूत्याउने फैसला गरेपछि उनीहरू एमालेमा प्रवेश गरेका थिए। फागुन २८ गते उनीहरूलाई नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो। त्यहीदिन केन्द्रीय कमिटी भंग भई दशौं महाधिवेशन आयोजक कमिटी बनेको थियो।

किन परे अचम्ममा ?
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीमा मनोनित पूर्वमाओवादी नेताहरूको नाम निर्वाचन आयोगमा आयोगमा पुग्यो? जानकारी पुग्यो होला। तर, आधिकारिकता पाएको छैन। अर्थात् अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा उनीहरूको नाम दर्ता भएको छैन।

निर्वाचन आयोगमा रेकर्डमा रहेको माओवादीको केन्द्रीय कमिटीको सूचीमा टोपबहादुर, लेखराज भट्ट र प्रभु साहको नाम रहेको छ। अर्थात् कानूनतः उनीहरू माओवादीकै नेता भए।

माओवादीको रेकर्डमा हेर्दा उनीहरूलाई पार्टीबाट हटाएको पत्र अहिलेसम्म आयोगमा नआएको आयोगले बताएको छ। उक्त जानकारी पाएपछि नेताद्वय रायमाझी र साह फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...