News Portal

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

एनपर्दा संवाददाता
२७० पटक

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको स्पष्ट पारेका छन् ।प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने

-“सरकारले चुनाव, यो अनिर्णयको बन्दी, देशमा पटक पटक चाहीँ राजनीतिक पार्टीभित्रका विभिन्न किसिमका अभद्र खेल, र, सरकार चाहीँ जहिलेपनि सेक्युर नहुने, जताबाटपनि सरकारलाई विभिन्न किसिमको अवरोधहरु सिर्जना हुने, र सरकार गिराउनमा विभिन्न खालका गिरोह भनौं, अथवा विभिन्न किसिमका अपवित्र खेल भनौं भैरहने, त्यसले गर्दा सरकारले आफ्नो संवैधानिक प्रक्रियामा गएर अब यो भन्दापनि फ्रेश म्याण्डेटमा गएर, जनतासमक्ष गएर अब चाहीँ ताजा जनादेशका साथ अगाडि बढ्नुपर्छ भन्ने खालको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संवैधानिक हक, संवैधानिक अधिकार, बाटो प्रयोग गर्नुभएको हो ।”

मन्त्री बानियाँले प्रधानमन्त्री ओलीले सबै विकल्प प्रयोग गर्दै गर्दै संविधानको धारा ७६ को उपधारा ५ मा पुगेको पनि दाबी गरे । उनले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरे ।

उनले भने-“मेरो चाहीँ राजनीतिक अड्कलबाजीको कुरा के हो एक नम्बरमा संसद् पूनःस्थापना हुन्छ, यो न्यायोचित कुरा हो । एक नम्बरमा संसद् पूनःस्थापना हुन्छ । ठूलो दल नेकपा एमाले हो ।

आधिकारिक रुपमा प्रधानमन्त्रीले एउटा संवैधानिकप्रदत्त ढंगले उहाँले चाहीँ प्रक्रिया अगाडि बढाउनुभएको छ । दोस्रो कुरा के हो भने यदि संसद् पूनःस्थापना भयो भने केपी शर्मा ओली नै प्रधानमन्त्री रहनेगरि उहाँले संविधानको धारा ७६ को ४ मा विश्वासको मत लिनेगरि त्यो निर्णय हुनसक्छ । यदि विश्वासको मत लिन सक्नुभएन भने उहाँ अपदस्थ हुनुहोला । प्रधानमन्त्रीबाट केपी ओली हट्न एकदम गाहो छ । यो कुरा भोलि देखिन्छ ।”

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...