News Portal

गणतन्त्र-संघीयता खारेज भएर हिन्दुराष्ट्र र राजसंस्था फर्किन्छ तर ज्ञानेन्द्र राजा हुदैनन – पुर्वसेनापति कटवाल

एनपर्दा संवाददाता
८६५ पटक

पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनुपर्छ भनेर कहिल्यै नभनेको स्पष्ट पारेका छन् । र, भोलिका दिनमा पनि भन्नेवाला नभएको उनको भनाई छ ।प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू कसैको पनि ईशारा र ईच्छाअनुसार नचल्ने दाबी गरे । बरु, आफूले नेपाल र नेपालीको हितबारे सोच्ने गरेको पनि उनको भनाई छ । उनले निर्वाचनले मात्रै मुलुकले निकास पाउने दाबी गरे ।उनले भने,‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाव गरानुपर्छ । नेपालमा चिनिएका मान्छेहरु हुनुहुन्छ ।’

उनले आगामी चुनावपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए । उनले नेपालको विश्व जगतमा शीर गिरेको पनि गुनासो पोखे । नेपालमा अहिले कुर्सीको लागि रातदिन मारामार भैरहेको भन्दै कटवालको गुनासो छ ।

कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने यो संविधान चाहीँ नेपाल र नेपालीको लागि र नेपालीको ईच्छाअनुसार बनेको होईन । म यो संविधान फाल्नैपर्छ भनेर म भन्दिन् । तर, यो संविधानमा मेजर एमेडमेन्ट गर्नुपर्छ ।

जुन यो देशको क्षमताले धान्न सक्दैनन्, त्यस्ता चिजहरु चाहीँ एमेडमेन्ट गर्नुपर्छ । जस्तै यो देशले धान्न नसक्ने एउटा त संघीयता हो । यो देशले चाहेको पनि होईन । खाजेको पनि होईन् । अर्को, धर्मनिरपेक्षतापनि हो । यो देशले चाहेको पनि होईन् । संघीयता हाम्रो देशको लागि अभिषाप भयो । अहिले हेरौं न, संघीयताले यो देशमा के-के फाईदा भयो त ?”

उनले आफूलाई मन्त्री बनाईदेउ भनेर कहीँपनि नगएको स्पष्ट पारेका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि नेताको घरमा धाउन नगएको जिकिर गरे ।म पूर्वराजा ज्ञानेन्द्रलाई राजा बनाउनुपर्छ भन्ने पक्षमा छैन, र भन्नेवाला पनि छैन।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...