News Portal

हिन्दुधर्मको अपमान गर्नेहरु ८० % माथि नेपाली जनतालाई अपमान गर्नेहरु हुन : करिश्मा मानन्धर

एनपर्दा संवाददाता
५३४ पटक

अबको दुईवटा जनगणनापछि ८० प्रतिशतमाथि रहेका हिन्दुको संख्या ८ प्रतिशतमा झर्ने छ । सदाबहार सुन्दरी नायिकाको उपमा पाएकी नायिका करिश्मा मानन्धरले सामाजिक संजाल फेसबुकमार्फत बेला बेलामा आफ्नो धारणा राख्दै आएकी छिन् ।

यसै क्रममा आज पनि एक पोस्ट मार्फत नेपालको बिग्रदो माहोलप्रति कटाक्ष गर्दै ‘मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु र हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ । गाली खान्छु त्यो पनि थाहा छ ।’ भन्दै एउटा लामो पोस्ट गरेकी छिन् ।

पछिल्ला दिनमा क्रिश्चियन संस्कृतिले रातो टीकाको गौरवलाई घृणा गरेको उनको भनाइ छ। भगवानालाई ढुंगा भनेकोप्रति उनको आपत्ति छ भने हिन्दु धर्मप्रतिको अपमानप्रति आक्रोश व्यक्त गरेकी छन्।

डमरू र त्रिशूल किन नेपाली सेनाको चिह्न भन्ने कुरा आएको, आफूहरुको आस्थालाई हटाउने काम सुरु भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। पछिल्लो समय नेपालीमा समाजमा रहेको भाइचारा र धर्मसंस्कृतिको सम्मान ध्वस्त भएको उनको भनाइ छ।

यस्तो छ करिश्माको पोस्ट
राजनीतिमा अलि सचेत भएको भनेको 46 सालको आन्दोलनदेखि हो । त्यो पनि पल्लो घरको अगाडि साथिलाइ भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटिपिटि मारेका थिए, त्यो देखेर ।

त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ । पर्खालमा उम्रेको बनस्पतिको डोब त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।

शान्ति !!
फेरि सुरु भयो जनआन्दोलन !बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहानबिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो । तेस पछि त के के हो के के ?

दरबार ह त्याका ण्ड ।
तेतिबेलासम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्मसंस्कृतिप्रति सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ” हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात , डोम, शिख सबैले सबैको सम्मान गर्थे ।

पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो ।हाम्रो देवतालाई ढुङ्गा भन्यो । हामी पंचतत्व पुजँक हौ , प्रकृति पुजँक हौ।“धर्म निरिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो ।

तर अब नयाँ कुरा सुरु भयो । मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । 20 वर्ष जति भयो । अब हुदा हुदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ।भैरव , काली , शिव , गणेश , किन “गण ” हरु को नाम राख्ने भन्ने कुरा आयो ।

व्यवस्था परिवर्तन भयो !
भएपछि रोएल नेपाल भनिएकाहरु हटाउ तर हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ तेस्तै हामीलाइ पनि हुन्छ होलानी ।

अहिलेको अवस्थामा 2011 को जनगणना आनुसार हिन्दुको प्रतिशत ८० % माथि छ हिन्दुधर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ । तर हेर्नू होला अबको दुइवटा जनगणनापछि हिन्दुको संख्या ८ % हुनेछ ।हाम्रो आर्मी दलको नाम ” जिजस ” दल “मेरि” दल हुनेछ । ( though I respect them because they are somebody’s faith )

मन्दिरहरु 1000 वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ ।नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्याहका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो ।

म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए , आशा छ 80% हिन्दुहरुलाई यो सब सहन सक्ने साहस भगवान पशुपतिनाथले प्रदान गर्नेछन् !हर हर माहादेव !
–नायिका करिश्मा मानन्धरको फेसबुकबाट

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...