News Portal

मोडल निशा घिमिरेलाई नायिका आँचल शर्माको १ लाख सहयोग सक्दो सेयर गर्नुहोस

एनपर्दा संवाददाता
५१९ पटक

मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।

यस्तै मोडल घिमिरेको उपचारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गर्ने भएकी छन् । उनले अस्पतालमै पुगेर मोडल घिमिरेलाई भेट पनि गरेकी छिन् । आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गर्ने भएकी हुन्। यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ ।

यस्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

यी ११ प्रभावशाली नेता अध्यक्ष ओलीतर्फ हुईकिदै, माधव नेपालको विचल्ली हुने संकेत (नामसहित)
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका असन्तुष्ट नेताहरूलाई आफ्नो समूहमा ल्याउन प्रयासरत छन् ।सर्वोच्च अदालतले वैधानिकतामा प्रश्न उठाएपछि महाधिवेशन आयोजक कमिटी भंग गर्ने र पार्टीलाई २०७५ साल जेठ २ गतेको संरचनामा लैजाने तयारीपछि नेपाल समूहका केही नेताहरू आफूतिर आउने अनुमान ओलीको छ ।स्रोतका अनुसार गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ११ निवर्तमान सांसदले जेठ २ गतेको संरचनामा जाने वचन दिइसकेका छन् ।

यससँगै वरिष्ठ नेता नेपालसम्म जम्मा १५ निवर्तमान सांसद रहनेछन् । तीमध्ये पनि कतिपयसँग कुरा भइरहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सूत्रन्यूजलाई बताए ।बिष्ट र भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर गरेका थिएनन् ।

सोमवार एक अनलाइनसँग कुरा गर्दै भट्टराईले एमाले फूटको सम्भावना टरेको बताएका थिए । यसलाई उनी ओली समूहमा जान खोजेको संकेतका रूपमा राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

गोकर्ण बिष्टले पनि नयाँ सन्दर्भमा नयाँ सहमति हुनुपर्नेमा जोड दिइरहेका छन् । उनले एमाले एकता नभए देश ठूलो दुर्घटनामा जाने सूचना आफूसँग रहेको निकटस्थलाई भन्दै आइरहेका छन् ।मंगलवार ओलीले स्थायी कमिटी बैठकको आयोजना गरेका छन् । बैठकले बुधवार बस्ने महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्ने बताइएको छ ।

गत फागुन २८ गते ओलीले केन्द्रीय कमिटी भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए । महाधिवेशन आयोजक कमिटीलाई कानून र संविधानले नचिन्ने भन्दै सर्वोच्चको फैसला आएको थियो । त्यही आधारमा टेकेर ओली आयोजक कमिटी भंग गरेर पुनः केन्द्रीय कमिटी ब्युँताउन सहमत भएका हुन् ।

माधव समूह छोड्न लागेका एक नेताले सूत्रन्यूजसँग भने ( ुहामीले नेता मान्दै आएको माधव कमरेडलाई माओवादी र कांग्रेसले अलि बढी प्रयोग गर्यो कि जस्तो लागेको छ । प्रचण्ड र देउवा दुवैले पटक(पटक कोटेश्वर गएर माधव कमरेडलाई के खुवाउनु भएको छ कुन्नि ?उनले नेता नेपाल अब नयाँ परिस्थितिको जायजा लिएर अरू दल भन्दा पनि आफ्नै दललाई बलियो बनाउनुपर्ने बेला आएको बताए ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्वर्गीय मदन भण्डारीको ७० औं स्मृति दिवसका दिन नेता नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाएका थिए ।

उनले नेता नेपालमाथि कठोर टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव गर्नलाई कुनै बहुला कुकुरले नटोकेकोसमेत बताए । प्रचण्डको मामूली कार्यकर्ताको रूपमा गरिएको टिप्पणीको जवाफ दिँदै नेता नेपालले हिजै भनेका थिए ( ुओलीको भाषण तपाईंहरूले रेकर्ड गरेर राख्नुहोला । म पनि खोजिरहेको छु ।ु

ओलीले नेता नेपालमाथि कठोर टिप्पणी गर्नुको अर्थ एमालेमा कुनै ठाउँ नभएको संकेत पनि दिनु हो ।ुयसलाई माधव कमरेडले राम्रोसँग बुझ्नुभएको छ,ु नेपालनिकट अर्का एक नेताले भने, ुओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अघि बढ्न पनि सक्दैन । त्यसैले तत्काल हामीले नयाँ पार्टीका बारेमा सोचेका त छैनौं, एमालेभित्रै रहेर विद्रोह गरिरहेका छौं ।

तपाईंका केही नेता ओली समूहमा जान तयारी गरिरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, ुहामी एमालेमै छौं । हाम्रो लडाईं ओली समूहसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । ओलीनिकट नेताहरुनै ओली प्रवृत्तिबाट आजित भएका छन् । ओली समूहमा कोही जाने भन्ने प्रश्न नै उठ्दैन ।

बालुवाटारले केही दिनअघि माधव समूहलाई विभाजन गर्न सफल भएको निष्कर्ष निकालेको थियो । नेपाल पक्षका केही सांसदहरूलाई वार्ताका नाममा इन्गेज गराइरहने र आफूतिर तान्न प्रयास गरिरहने बालुवाटार रणनीति केही हदसम्म सफल हुँदै गएको छ ।

नेता नेपालले भने आफूलाई प्रधानमन्त्रीको ुअफरु आएको भएपनि विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनका आफ्नै विश्वासपात्रहरूले छोड्ने तयारी गरेपछि यतिबेला उनी दबाबमा छन् ।केही दिनअघि राजनीतिक बिट हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा नेता नेपाललाई योगेश र घनश्यामले भनेका थिए, ुयता वार्ता पनि चल्दैछ, ओली निशर्त जेठ २ मा जाने तयारी गरेजस्तो गरेका छन् । त्यसैले मिलाएर मात्र बोल्नुहोला है ।

तर नेता नेपालले आफूलाई प्रधानमन्त्रीकै प्रस्ताव आएको खुलासा गरिदिए । ओलीले आफूले प्रस्ताव नगरेको बताइसकेका छन् । तर सूत्रन्यूजलाई विश्वस्त स्रोतले दिएको सूचना अनुसार ओलीकै निर्देशनमा पृथ्वीसुब्बा गुरुङले नेता नेपाललाई प्रधानमन्त्री लिन तयार हुन आग्रह गरेका थिए । त्यसलाई नेता नेपालले अस्वीकार गरेको बताइएको छ ।

नेता नेपालले प्रधानमन्त्री पद अस्वीकार गरेपछि ओलीले आफूले कुनै प्रस्ताव नगरेको भन्दै कठोर अभिव्यक्ति दिएका हुन् ।यता नेता नेपाल प्रधानमन्त्री बन्न नचाहेपछि एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाउने चर्चासमेत चलेको छ ।यसविषयमा प्रश्न सोध्दा नेम्वाङले भने ( ुछलफलमा धेरै विकल्पहरू आएका छन् । म मेरो नामलाई लिएर कुनै टिप्पणी गर्न चाहन्न ।

केही दिनअघि नेता गुरुङले माधव नेपाललाई प्रधानमन्त्री या अध्यक्ष बनाएर भएपनि पार्टीलाई एकताबद्ध गर्नुपर्ने भन्दै सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए ।एमाले एकताबद्ध भएर अघि बढे पुनः वामएकता गर्न सकिने भन्दै माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूले एकताकै चाहना राखेको स्रोत बताउँछ ।

नाम नबताउने शर्तमा माओवादी केन्द्रका एक नेताले भने ( ुहाम्रो चाहना त वामपन्थी एकता नटुटोस भन्ने नै हो । एमाले र माओवादी केन्द्र दुवै एक रहे भविष्यमा पुनः जोडिन सक्ने सम्भावना रहन्छ । एकपटक एकता गर्यौं, परिस्थितिले पछि फर्काइदिएको न हो ।

उनले एमाले एक भए माओवादी केन्द्रलगायत अन्य कम्युनिस्टहरूलाई पनि फाइदै हुने विश्लेषण सुनाए ।गोकर्ण बिष्ट र योगेश भट्टराई लगायतका नेताहरूले पनि माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूसँग छलफल कायमै राखेका छन् । उनीहरूले भन्ने गरेका छन् ( ुएमाले सधैं ओलीकै नेतृत्वमा अघि बढ्छ भन्ने छैन । दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेप गरिरहेका छौं । एकता हाम्रा लागि र तपाईंहरूका लागि पनि अपरिहार्य विषय हो ।

बुधवार बस्न लागेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेता नेपाललगायत ११ जनालाई सूचना नदिन निर्देशन दिएका छन् ।पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले कारवाहीमा परेका ११ जनालाई बैठकमा आमन्त्रित नगरिएको बताए । उनले योगेश भट्टराई, गोकर्ण बिष्टसहितका नेताहरू भने बैठकमा आउने दाबीसमेत गरेका छन् । https://onlinemarg.com// बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...