News Portal

एमालेबाट बादल समूहको बिदाई…!

एनपर्दा संवाददाता
७०४४ पटक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओबादी छाडेर एमाले प्रबेश गरेका रामबहादुर थापा (बादल) सहित करिब दुई दर्जन पूर्बमाओबादीहरुको बिदाई गर्ने भएका छन् । आफ्नो पार्टी एकताका लागि अध्यक्ष ओलीले एमालेमा प्रबेश गरेका माओबादी समूहलाई बिदाई गर्ने सोच बनाएका थिए । ‘पूमा (पूर्बमाओबादी समूहलाई एमालेभित्र छोटकरीमा ‘पूमा’ ले सम्बोधन गर्ने गरिन्छ) हरुको बिदाईको तयारी भइसकेको छ ।’ एमाले पार्टी कार्यालय स्रोतले भन्यो ‘उनीहरुलाई सान्त्वनाका लागि केही आस्वासन र भबिश्यका लागि केही उधारो प्रतिबद्धताबाहेक अरु काम फत्ते भइसकेको छ ।’

पूमाहरुको बिदाईसँगै नेकपा एमालेको एकता हुदै छ । अध्यक्ष ओली जुनसुकै मूल्य चुकाएर पनि एमाले एकताको पक्षमा छन् । एमाले बिभाजित हुदा त्यसबाट हुने भयंकर ठूलो क्षतिको अनुमान गरेर ओलीले पार्टी एकताको पहलकदमी अघि बढाएका थिए । एमाले एकताबद्ध हुने हो भने आउदो निर्बाचनमा पनि संसद र अन्य सरकारहरुमा पार्टीको यही स्थिति हुने ओलीको बिस्वास छ ।

सघीय संसदमा एमालेको एकल बहुमत नभए पनि ठूलो दल बन्न सक्ने र फेरि सरकारको नेत्रृत्व गर्न सकिने आत्मबिस्वास एमालेजनमा देखिन्छ । यसैका लागि अध्यक्ष ओली र उनको समूहले बिगत लामो समयदेखि पार्टी एकताको पहल गरिरहेको छ । पार्टी एकताको लागि ०७५ जेठ २ मा फर्कनुपर्ने झलनाथ–माधब समूहले माग गरेपछि ओलीले यसलाई स्वीकार गरेका छन् । अध्यक्ष ओली सुरुमा पूमाहरुसहित पार्टी एकताको पक्षमा थिए । तर पूमाहरु रहेसम्म एमालेको एकता सम्भब नहुने देखेर अध्यक्ष ओलीले उनीहरुको बिदाई गर्न लागेका हु । ओलीले जेठ २ मा फर्कन गरेको सहमतिले पूमाहरु अहिलेसम्म एमालेमा अबैधढंगले बसिरहेको पनि पुष्टि भएको छ । अहिलेसम्म उनीहरु कुन पार्टीको सदस्य थिए भन्ने पनि अनिश्चित बनेको छ ।

‘उहाँहरुले माओबादी त परित्याग गर्नुभयो । तर अहिलेसम्म एमालेको सदस्य पनि नबनेको देखियो ।’ ओलीनिकट एक पोलिटब्युरो सदस्य भन्छन् ‘उहाँहरुलाई पहिचानबिहीन बनाउनु हुदैन भनेर हामीबिच छलफल भइरहेको छ ।’ त्यसको लागि बिदाई गरेर केहीमै फेरि पार्टीभित्र स्वागत गरिने उनको भनार्ई छ । यसको मतलब पूमाहरु फेरि एमाले हुन्छन् त भन्ने ई–आर्थिकको जिज्ञासामा उनी भन्छन ‘त्यतिकै दोबाटोमा बेबारिसे छाड्नु त महापाप भइहाल्छ नि । उहाँहरुको जाने ठाउँ नै छैन । त्यसैले एमालेमै उहाँहरुलाई एडजस्ट गर्ने हो ।’

त्यसो भए बादलहरुसहित भएको अहिलेकै कमिटिमा एमाले एकता गर्दा के हुन्छ नि भन्ने जिज्ञासामा एमाले नेता भन्छन् ‘पहिले घरभित्रको अन्तरबिरोध मिलाउनु उचित देखियो । चार दशकसम्म एउटौ सिद्धान्त र झण्डामुनी गोलबद्ध भएका र एउटै आन्दोलनबाट आएका साथीहरुलाई पहिलो प्राथमिकता दिने हो । घरभित्रका साथीहरुलाई बेखुसी बनाएर नबप्रबेशीहरुलाई शासक बनाउन सकिदैन । त्यसैले जेठ २ मा फर्केर सबभन्दा पहिले एमालेको भावानात्मक एकता गर्ने हो । त्यसपछि उहाँहरुलाई पनि ठाउँ दिने हो ।’

उनले दिएको जानकारीअनुसार जेठ २ मा फर्केर एमाले एकता गरेपछि एमालेको बैठक बसेर पूमाहरुलाई पार्टीमा प्रबेश गरेको निर्णय गरिने छ । एमालेको यस निर्णयले पार्टीभित्र पूमाहरुको हैसियत नबप्रबेशी एमाले हुन्छ र स्वतः दोस्रो दर्जाका नेता/कार्यकर्ता बन्नेछन् । पूमाहरुलाई एमाले प्रबेश गराएको सन्देश नदिदासम्म पार्टीभित्र उनीहरुले समान हैसियत र जिम्मेवारी खोज्न थालेको एमालेका नेताहरु बताउँछन् ।

‘पूमाका केही नेताहरु सरकार र मन्त्रीमा बार्गेनिङ गर्नुले राम्रो संकेत गरेको छैन ।’ अर्का केन्द्रीय सदस्य भन्छन् ‘एमालेमा आएका एकमुठी पूमाहरुले हरेका अबसर र पार्टीको माथिल्लो तहमा भाग खोजे भने एमालेलाई यहाँसम्म ल्याउनेहरुलाई ठूलो अन्याय हुन्छ ।’ पार्टी अध्यक्ष ओलीसँग होस या अरु नेतासंग असन्तुष्टि ब्यक्त गरे पनि भनाभन भए पनि भीम रावल र रामबहादुर थापालाई समान नजरले हेर्न नसकिने उनको भनई छ ।

‘भीम रावल पनि उपाध्यक्ष, बादल पनि उपाध्यक्ष भए । रावल एमाले बनाउने नेता हुन । बादल एमाले सिध्याउन नसकेर एमाले बनेका नेता हुन । अनि दुबैलाई पार्टीभित्र उस्तै–उस्तै ब्यबहार गर्न सकिन्छ ?’ एमालेको बैठकले उनीहरुलाई पार्टी प्रबेश गराउने र जिम्मेवारी प्रदान गर्ने कार्यले पूमाहरु रक्षात्मक अबस्था पुग्ने र पद समान भए पनि त्यस्तै रबाफ र फुर्ती गर्न नसक्ने उन्को भनाई छ ।

त्यसो त पूमाहरुलाई एमालेभित्रै राख्नुपर्ने अध्यक्ष ओलीको अर्को स्वार्थ पनि छ । जेठ २ मा फर्कदा एमालेभित्र माधब नेपाल समूह निकै शक्तिसाली हुने हुदा स्थायी समिति र केन्द्रीय कमिटिमा ढुक्कसाथ बहुमत पु¥याउन पनि ओली पूमाहरुलाई पार्टीभित्रै राख्न चाहन्छन् । पूमाहरुलाई जिम्मेवारी दिने कुरामा एमालेका दुबै समूहमा सहमति भएकाले केहीले स्थायी समिति र केहीले केन्द्रिय सदस्यको जिम्मेवारी पाउने छन् । यो संख्याले ओलीलाई पार्टीका दुबै तहमा प्रष्टसँग बहुमतमा राख्ने छ । यसले ओलीलाई पार्टीभित्र आफूले चाहेको निर्णय गराउन सक्ने अबस्था रहने छ ।

यतिबेला पूमाहरुको अबस्था घर न घाटको छ । आकर्षक मन्त्रालय पाएर एमालेमै रहेका उनीहरुको मन्त्री पद जेठ ६ गते नै सर्वोच्च अदालतले बदर गरिसकेको छ । प्रधानमन्त्री ओलीले एमाले एकताकै लागि र मधेशबादी दलहरुलाई फुटाएर आफूतिर ल्याउन आफ्ना कार्यकर्ताहरुलाई सर्बोच्चमा रिट हाल्न लगाएका थिए । रिट निबेदक अधिबक्ता कपिलदेब ढकाल एमाले कार्यकर्ता हुन । यो रिटलाई अत्यन्त प्राथमिकतामा राखेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पूमाहरुको मन्त्री नियुक्तीलाई बदर गरिदिएको थियो ।

यो आदेशले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका थिए । उनीहरुको पद रिक्त भएको केही दिनमै प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सामेल गराएका थिए ।

माओबादी मन्त्रीहरु कयमै रहेको अबस्थामा जसपा सरकारमा आउने संभाबना नै थिएन । यसले ओली सत्ताबाट हट्न सक्ने प्रबल संभाबना थियो । जसपा ओलीसँग नमिल्दा काँगे्रसको नेत्तृत्वमा बिपक्षी दलहरुको सरकार बन्न सक्ने परिस्थिति थियो । उनीहरुको मन्त्री पद मात्र गएन, साँसद पद पनि चिप्लिएको छ । बादललाई ओलीकै निर्देशनमा राष्ट्रिय सभाबाट हराईको छ भने अरुले दल परित्याग गरेर साँसद पद गुमाएका छन् । https://compaqnews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...