News Portal

माधव नेपालको प्रस्ताव सुरेन्द्र पाण्डे सहित पाँच नेताले गरे ठाडै अस्वीकार

एनपर्दा संवाददाता
५०४२ पटक

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न हदैसम्मको लचकतासहित अपिल जारी गर्नुभएपछि माधव तनावमा पर्नुभएको छ । अध्यक्ष ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा पार्टी संरचना कायम गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीको सो घोषणालाई एमाले पंक्तिले स्वागत गरेको छ ।

तर नेता नेपाल भने सो घोषणालाई पनि षडयन्त्र भन्दै एमालेमा थप क्षती पुर्याउँदै कांग्रेस र माओवादीलाई बलयो बनाउनु पर्ने अडानमा हुनुहुन्छ । उहाँको यो प्रस्तावमा दोस्रो हतका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम रावल र योगश भट्टराईले ठाडै अस्वीकार गर्नुभएको छ ।

पाँचै जना नेताहरुले पार्टीलाई कमजोर बनाएर कांग्रेस र माओवादी बलियो बनाउने कुरा र एमालेबाट अलग भएर माओवादीमा बिलय हुने कुरा स्वीकार्य नभएको प्रष्ट पार्नुभएको छ । पाँच नेताको यही कुरापछि नेपालले ‘तिनीहरु बसे पनि म फर्कन्न’ भन्दै आफ्नो निर्णय सुनाउनु भएको हो । नेपालको यो अभियानमा अर्का बरिष्ठ नेता झलनाथ खनालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोराले साथ दिनुभएको छ । स्रोतका अनुसार प्रचण्डसँग सहमति गरिसकेको कारण अव एमालेमा फर्कने बिषय आफूलाई स्वीकार्य नहुने बटमलाइनसमेत माधवले सुनाउनु भएको छ ।

नेपाल निकट एक नेताले दिनुभएको जानकारीअनुसार आफ्नो समुहमा रहेका पाँच नेताले संस्थापनसँग बार्ता अघि बढाएपछि नेपालले आफू निकट केही नेताहरुलाई बोलाएर आफू एमाले फर्कन नसक्ने निर्णय सुनाउनु भएको हो ।

‘जो जो बस्न मन लाग्छ, बसुन, मचाँहि अव एमालेमा बस्न सक्दिन, एमालेमा फर्किएर मैले पाउने केही छैन, जो पाउन सकिन्छ भन्ने लागेको छ, बसुन, तर म अव पछाडि फर्कन संभव छैन,’ नेता नेपालको भनाई उधृत गर्दै ती नेताले भन्नुभयो । उहाँका अनुसार नेता नेपालले एमालेमा फर्कदा आफूहरुको केही नचल्ने, नयाँ पार्टी गठन गरी अघि बढदा माओवादी र कांग्रेससँग सहकार्य अघि बढने खाकासमेत राख्नुभएको छ ।

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अभियान छेडनुभएका बरिष्ठ नेता माधवकुमार नेपालले आफू नेकपा एमालेमा नफर्कने निर्णय सुनाउनु भएको छ । एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरी माओवादीमा बिलय हुने निश्कर्षसहित आफू एमालेमा नफर्कने निर्णय नेता नेपालले सुनाउनु भएको हो ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...