News Portal

माधव नेपालको प्रस्ताव देउवाद्वारा अस्वीकार…

एनपर्दा संवाददाता
६८६९ पटक

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीविरुद्ध कदम चाल्न खोज्दा काँग्रेस सभापति शेरबहादुर देउवाले रोकेको बताएका छन् ।

पाँच दलीय विपक्षी गठबन्धनले बुधबार लेखक तथा बुद्धिजिवीसँग गरेको छलफलमा नेता नेपालले देउवाको आग्रहका कारण ओलीविरुद्ध तत्काल ठोस कदम चाल्न नसकिएको बताए । आफूले केही गरौं भन्दा देउवाले संसद विघटनविरुद्धको रिटमा सर्वोच्चको फैसला हेरेर मात्र अघि बढ्न ठीक हुने तर्क अघि सारेको नेपालको भनाइ थियो ।

‘मैले केही गरौं भन्दा शेरबहादुरजी अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ’, नेता नेपालले भने । तर, देउवाको भनाइ पनि गलत नभएको उनले स्पष्ट गरे । आफूहरु मूल्यको राजनीतिमा रहेकाले धैर्यता देखाएको नेपालले बताए ।

नेता नेपालले ओली व्यक्ति नभएर प्रवृत्ति भएकाले आफूहरु खराव प्रवृत्तिविरुद्धको लडार्इंमा रहेको उल्लेख गरे । राजा महेन्द्रपछिको खराब प्रवृत्ति ओलीमा देखिएको बताए । महेन्द्रपछि अहिलेसम्म ओलीजत्तिको खराब प्रवृत्तिको मानिस राजनीतिमा नरहेको आरोप उनको थियो । ओलीका कारण संविधान, व्यवस्था र प्रणालीमै गम्भीर खतरा उत्पन्न भएको भन्दै उनले सबै मिलेर संविधान र व्यवस्था जोगाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...