News Portal

बाजागाजासहित राजालाई निर्मल निवासबाट नारायणहिटीसम्म भित्र्याउने तयारी…

एनपर्दा संवाददाता
३८० पटक

पछिल्लो समय देशको राजनीतिक अवस्था परिवर्तनतिर होमिदै छ । यस्तो अवस्थामा तपाईहरु जो राजतन्त्रको पक्षधर हुनुहुन्छ । कसरी हेर्दै हुनुहुन्छ यी दृश्यहरु ?

गणतन्त्रक प्रमुख नाइके भनौदाहरु आपसमा लडिरहेका छन् । यिनीहरुको लडाइँले हामीलाई कुनै प्रभाव पारेको छैन । हाम्रो माग गणतन्त्र र संघीयताको खारेजीसहित हिन्दु राष्ट्रको पुनस्थापना हो । सत्ता पिपासुहरुको नाङ्गो नाचले जनता आक्रान्त छन् । राजसंस्था फर्काउने अन्तिम तयारी जनताले गर्दैछन् ।

भिडियो:

तपाईहरु राजसंस्था, राजतन्त्र भनेको भन्यै गर्नुहुन्छ । सामान्य नागरिकले बुझ्नेगरि यसलाई परिभाषित गर्नुहोस् त ?
राजसंस्था रहँदा विधि र विधान थियो । राष्ट्रिय स्वाभिमान, स्वाधीनता बलियो थियो । विदेशीको दलाल भएर राजसंस्थालाई चोर बाटोबाट हटाइयो । राजसंस्था, नेपाल र नेपाली एकअर्कामा अन्तरसम्बन्धित छन् । योबिना नेपाली जनता टुहुरो छन् ।

यो राजतन्त्रमा के छ जुन लोकतन्त्रमा छैन ?
यो देश राजा र जनता मिलेर बनेको हो । राजाले नै देश बनाइदिएका हुन् । यसले लोकतन्त्र र प्रजातन्त्रलाई मानेकै छैन् । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला सामान्य नागरिक भएर बसिरहनुभएको छ ।

लोकतन्त्रको सरगर्मी चलिरहेका बेला, गणतन्त्रको आवाज गुञ्जिरहेका बेला सकिसकेको राजसंस्थालाई ब्युँत्याउँछु भन्नु दिवा सपना होइन ?
लोकतन्त्र गणतन्त्र आफैंमा निरंकुशतन्त्र हुन् । सत्ताको लागि यो प्रणालीमा जे पनि गरिन्छ । देश र जनता लुटेर आफू मोजमस्तीमा लाग्ने नेतृत्व यो तन्त्रमा हावी छ । जुन देशमा राजा रहन्छ, त्यहाँ लोकतन्त्र सुरक्षित रहन्छ । नेपाली जनताको मनमस्तिष्कमा राजसंस्था बसिरहेको छ । केही समयका लागि यो तटस्थ अवस्थामा छ । अब नेपाली जनताले निर्मल निवासबाट राजा ज्ञानेन्द्रलाई बाजागाजासहित नारायणहिटीमा भिञ्याउने तयारी गर्दैछन् ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...