News Portal

केपी ओलीलाई अध्यक्ष मानेर एकता हुँदैन, अध्यक्षबाट हटे सोच्न सकिन्छ : झाँक्री (भिडिओसहित)

एनपर्दा संवाददाता
६९२ पटक

काठमाडौं, । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि टिप्पणी गरिन् । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् ।

उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।

उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ । शेरबहादुर देवालाई दिएको समर्थन यथावत छ । यो भोलिपनि रहन्छ ।’

देउवालाई किन समर्थन गरेको र कहीँ नभएको जात्रा हाडीगाउँमा देखाएको ? भनेर पत्रकार धमलाले प्रश्न सोध्दा उनले आक्रोशित हुँदै भनिन्–‘तपाईँले पनि जात्रा नदेखाउनु, अदालत जाने बेला हामी गैरसांसद भयौं ?

हामी सांसद होईनौं भनेर अदालतमा मुद्दा हाल्नुहोस । तपाईँ व्यक्तिगत कुरामा किन जानुहुन्छ ?’ मिडियाले पनि एमालेको कार्यदलको बैठकलाई यति धेरै महत्व नदिएको भए हुन्थ्यो भन्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...