News Portal

नेपालमा प्रचण्ड जत्तिकै डाईनामिक नेताहरु कोहि छदै छैन : डा. सुरेन्द्र केसी

एनपर्दा संवाददाता
४००५ पटक

काठमाडौं, । राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले एक कार्यक्रममा बोल्दै गणतन्त्र प्रचण्डले ल्याएका हुन भनेका छन्। उनले आफुले गणतन्त्र के पी ओलीले ल्याएको कहिले नभनेको बताएका छन्। गणतन्तको आन्दोलन चलिरहँदा आफु जागिरे जिवनमा नै रहेकोले कुरा बताएका छन्।यस अघि प्रचण्डकोबारे आगो ओकाल्दै आएका केसीले केहि सयमयता नेपालको राजनितिमा त्यागी नेता प्रचण्ड हुन् भन्दै आएका छन्।

यस अघि प्रचण्डबारे केसीको धारणा
राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले नेपाली राजनीतिमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै कमजोर भएको टिप्पणी गरेका छन् ।मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो बताएका हुन् । उनले भने,‘प्रचण्डले त अहिले केपी ओलीको पनि सेकेण्ड म्यान भएर पोलिटिक्स गर्नु भनेको त अकल्पनीय हो नि त । र, उहाँले यो सम्म भन्नुभएको छ की प्रधानमन्त्रीको पूर्ण अवधि नै केपी ओली हो भन्नुभएको छ ।’

प्रचण्डको बोलीमा विश्वसनियता नभएको भनेर आम जनताले नै तर्क गर्न थालेको उनको भनाई छ । प्रचण्डजस्तो क्रान्तिकारी नेताले यसरी सम्झौता गर्नु आफैंमा रहस्यमयी रहेको उनको टिप्पणी छ । उनले भने,‘मैले त उहाँको बारेमा हठात, अपारदर्शी र रहस्यपूणृ भनेको छु ।”

उनले नयाँ वर्ष २०२० चूनौति हुने बताउँदै यसले कुन कुन बाटो र अवस्था लिन्छ त्यो भने हेर्न बाँकी रहेको सुनाए । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा परेको र चीनपनि हङकङलाई लिएर बढि नै विवादित भएकोपनि उनले तर्क गरे ।केसीले हङकङकमा लोकतान्त्रिक मूल्य र मान्यतासहितको चुनाव नभएको जिकिर गरे ।

रसिया विश्वमै उदयीमान शक्तिको रुपमा आईरहेको सुनाउँदै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने भन्नेपनि रहेको उनले जानकारी दिए । भारतमा बिजेपीको प्रारम्भिक रुझान झारखण्डमा पराजय भोगेको पनि उनले सुनाए ।

केसीले भने,‘त्यही खालको स्थिति अहिले नेपालमा पनि देखिँदैछ । अहिले जो दुई तिहाई बहुमतको सरकार वाम हो, त्योप्रति पनि नकारात्मक रुझान धरानको उपमहानगरपालिकाको चुनावमा देखियो ।’केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको टिप्पणी गरे । २०१९ नेपाल र नेपालीहरुको लागि फलदायी नभएको उनको गुनासो छ ।

अन्य नेताको तुलनामा प्रचण्ड नै “डाईनामिक” नेता हुनः डा. सुरेन्द्र केसी
वाम वुद्धिजिवि डा। सुरेन्द्र केसि एक कार्यक्रममा बोल्दै नेपाली नेताहरु मध्य अहिले पनि डाईनामिक नेता हुन। अहिले पनि राजनितीमा प्रचण्डको भविष्य छ।

यी सबै नेताको तुलनामा डाईनामिक नेता हुन। अहिले पनि मोरल्ली प्रचण्डको नै जीत भएको छ किन भने शेरबहादुरले आफ्नै खालको सहकार्य गर्न खोजेको देखिन्छ। माधव नेपालले त भित्रै सम्म खितलिएको देखिन्छ।

प्रचण्ड आफुले पत्रकार सम्मेलन गरेर बहुमतको सरकारको सम्भावना नदेखिएको भनेर जानकारी गराउनु भयो त्यो भन्दा अघि त अन्य नेताले त्यस्तो कार्य नगरेको बताएका छन्। प्रचण्डले बहुमतको सरकार बन्न नसक्ने भनेर उत्तर दिएर जवाफदाहिता निर्वाह गर्नु भएको बताउनु भएको छ।

नेपाली राजनितिमा लोकतन्त्र अपेकक्षा गरेको पनि जवाफदेहिता रहेको बताएका छन्। रुकमाड प्रकरणमा पनि राजिनामा दिने प्रधानमन्त्री उहाँ नै थिए र शेरबहादुरसँगको प्रधानमन्त्रीमा पछि अट्ने पनि प्रचण्ड नै थिए।

अरु मानिसलाई अगाडि बढाउने पनि प्रचण्ड नै हुन्। नेतामा हुनु पर्ने गुण भनेको त्याग हो जुन प्रचण्डमा मात्रै भएको उहाँले बताउनु भयो।आफु मात्रै खाने र अरुलाई नदिने प्रवृद्दि प्रचण्डमा देखिन्न। यी राम्रा कुराहरु प्रचण्डमा देखिएको गुण हुन र यदि यि कुरालाई लिएर जानु भयो भने त्यसले नै उहाँलाई अघि बढाउँछ।

प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकताको सुत्र
कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ। कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारहरू हेर्दा उनीहरू हरहालतमा माओवादी शक्तिहरू एक होउन् भन्ने चाहन्छन्।

भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार हो। तर, भावनाले मात्र पार्टी एकता हुँदैन। पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ। तर, हामीकहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा अर्को घटकलाई दोष दिने, असफल भएमा एकताको औचित्य देख्ने अवसरवादी सोंच देखिएको छ। तसर्थ, एकताका निम्ति हामीले ठोस वैचारिक, राजनीतिक र संगठनात्मक आधार तयार पार्नुपर्छ।

यतिबेला माओवादी आन्दोलन मूलतः चार कित्तामा बाँडिएको छ, १। प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र०, २। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी–माओवादी०, ३। डा। बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। यसबाहेक आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँतीको नेकपा ९माओवादी केन्द्र०, रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक) लगायतका अरु घटकहरू पनि छन्। तर, तिनीहरूको अलग वैचारिक दृष्टिकोण र संगठनात्मक आधार नभएका कारण उल्लेखित चार घटकहरूभित्र नै उनीहरूलाई राखेर हेर्न सकिन्छ।

एमालेसँग एकता प्रक्रिया भंग भएपछि र पछिल्लोसमय केपी शर्मा ओली र माधवकुमार नेपालबिच समझदारी जुटेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले २०६४ कै अवस्थामा माओवादी एकताको आवाज उठाएका छन्। एकताको चाहना असाध्यै राम्रो छ। तर, एकतापूर्व हामीले माओवादी घटकबिच के–के कुरामा बिमति छन्, के–के कुरामा नजिक छन् र के–के आधारमा एकता गर्न सकिन्छ रु त्यसबारे गहन छलफल गर्न आवश्यक छ। म यहाँ बुंदागत रूपमा ती कुरालाई सरल रूपमा उल्लेख गर्न चाहन्छु, ताकि नेताहरूले ती कुरालाई ध्यानमा राखेर एकताको आधार खोजून् र माओवादी आन्दोलन फेरि एकीकृत हुन सकोस्।

अरु घटकसँग बिमति
१। प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी–माओवादी० बिच जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान राज्य प्रणाली र उत्पादन पद्धतिलाई बुझ्ने सवालमा अन्तर देखिन्छ। माओवादी केन्द्र नेपालमा पूँजीवादी जनवादी क्रान्तिको मूलभूत कार्यभार पूरा भएको निष्कर्षमा छ। तर, क्रान्तिकारी–माओवादी नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भइनसकेको निष्कर्षमा छ। यसका साथै माओवादी केन्द्रले वर्तमान संसदलाई परम्परागत संसद होइन, प्रगतिशील चरित्रको संसदका रूपमा परिभाषित गरेको छ। तर, क्रान्तिकारी–माओवादी वर्तमान संसदलाई परम्परागत बुर्जुवा संसदका रूपमा परिभाषित गरेको छ।

२। प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा। भट्टराईको जनता समाजवादी पार्टीबिच विश्वदृष्टिकोणमै अन्तर छ। नयाँ संविधान निर्माणपछि डा। भट्टराईले कम्युनिस्ट आन्दोलन नै परित्याग गरी वामपन्थी लोकतान्त्रिक शक्तिका रूपमा नयाँ शक्ति निर्माण गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा डा। भट्टराई गैरकम्युनिस्ट तर वामपन्थी शक्तिका रूपमा रहेका छन्।

३। नेकपा ९माओवादी केन्द्र० र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच वर्तमान राजनीतिक व्यवस्थालाई बुझ्ने र क्रान्तिको कार्यदिशाबारे अन्तर छ। माओवादी केन्द्र वर्तमान राज्यप्रणालीबाट समाजवादको आधार तयार पार्न सकिने र समाजवादको तयारी शान्तिपूर्ण प्रतिस्पर्धाको चरणमा रहेको निष्कर्षमा छ। तर, विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिको मान्यतामा छ।

४। माथि उल्लेख गरिएबाहेक आहुतिको वैज्ञानिक समाजवादी पार्टी, रवीन्द्र श्रेष्ठको नेकपा ९बोल्सेभिक०, गोपाल किराँतीको माओवादी केन्द्र लगायतका माओवादी घटकहरू पनि छन्। जसको सैद्धान्तिक मान्यता माथि उल्लेखित कुनै न कुनै घटकको वरिपरि रहेको देखिन्छ।

घटकबिच साझा मान्यता
१। नेकपा (माओवादी केन्द्र) संविधानको प्रगतिशील कार्यान्वयनको पक्षमा छ। उसले क्रान्तिका उपलब्धीहरू रक्षा गर्दै अघि बढ्नुपर्ने मान्यता राख्दछ। यता क्रान्तिकारी–माओवादी पनि क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्ने मान्यतामा छ। साथै उसले माओवादी घटकहरूबिच संयुक्त मोर्चा बनाउनुपर्ने पक्षमा एकमत देखिन्छ।

२। माओवादी केन्द्र र डा। भट्टराईको जसपाको प्रगतिशील समूहबिच समाजवादी क्रान्तिबारे समान धारणा देखिन्छ। माओवादी केन्द्र पनि समाजवादी क्रान्तिको तयारीको कार्यदिशामा छ। डा। भट्टराई पनि समाजवादको तयारीमा लाग्नुपर्ने मान्यतामा दृढ छन्। साथै प्राप्त उपलब्धीको रक्षाका सन्दर्भमा पनि दुवै शक्तिबिच समानता देखिन्छ। यद्यपि, समाजवादको अन्तरवस्तुबारे केही भिन्नता देखिन्छ।

३। माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबिच नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भएको समान निष्कर्ष देखिन्छ। माओवादी केन्द्र पनि समाजवादको आधार तयार पार्ने मान्यतामा छ भने नेकपा पनि समाजवादका निम्ति संघर्षमा छ। साथै विद्रोही नेकपाको शान्तिप्रक्रियामा प्रवेशको निर्णयले दुवै शक्तिबिच समाजवादको शान्तिपूर्ण तयारीका पक्षमा समानता कायम हुँदै गएको देखिन्छ।

४। उल्लेखित शक्तिका अतिरिक्त वैज्ञानिक समाजवादी पार्टी, नेकपा ९बोल्सेभिक०, किराँतीको माओवादी केन्द्र लगायतका घटक पनि नेपालमा पूँजीवादी क्रान्ति मूलतः पूरा भएको निष्कर्ष छन्। यी सबै आधारहरू हेर्दा विचार र कार्यदिशाका दृष्टिले माओवादी घटकहरूबिच एकता हुनसक्ने प्रवलता देखिन्छ।

उल्लेखित विषयलाई विश्लेषण गर्दा विभाजित माओवादीहरू भावनाका दृष्टिले होइन, विचार र कार्यदिशाका दृष्टिले समेत एकतावद्ध हुन सक्ने आधारहरू छन्। माओवादी शक्तिबिच एकताका आधारहरूलाई निम्नानुसार सुत्रवद्घ गर्न सकिन्छ।

एकताका आधारहरू
माओवादीका विभिन्न चार घटकहरूबिच वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा साझा धारणा बनाउन सकिन्छ, जसका लागि निम्नानुसारको नीति लिन सक्दा फेरि सबै माओवादी घटकहरू एक ठाउँमा उभिन सक्नेछन्।

१। कम्युनिस्ट पार्टीमा एकता र विभाजनको प्रमुख शर्त विचारधारात्मक राजनीतिक कार्यदिशामा समानता र मतभेद नै हो। तसर्थ, एकताको कुरा गर्दा माओवादी घटकहरूले राजनीतिक कार्यदिशामा समानता खोज्नुपर्ने हुन्छ। किरण नेतृत्वको क्रान्तिकारी–माओवादीबाहेक अरु सबै घटक नेपालमा पूँजीवादी जनवादी क्रान्ति मूलभूत रूपमा पूरा भएको निष्कर्ष रहेकाले समाजवादी क्रान्तिको कार्यदिशा ठोस गरी त्यसकै आधारमा एकता गर्न सकिन्छ।

२। क्रान्तिको स्वरूप र चरित्रबारे पनि माओवादी घटकहरूबिच अन्तर छ। माओवादी केन्द्र र डा। भट्टराईको समूह शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवादको तयार पार्न सकिने निष्कर्षमा छन्। अरु घटकहरू बलप्रयोगबिना समाजवादी क्रान्तिको तयारी नहुने निष्कर्षमा छन्। तसर्थ, समाजवादको तयारीका लागि आवश्यकताका आधारमा शान्तिपूर्ण र आवश्यक पर्दा बलप्रयोगको नीति अवलम्बन गर्न सकिन्छ। सदन र सरकारबाट समाजवादको आधार तयार पार्न सक्नेसम्मका लागि संयुक्त मोर्चाको अवधारणा पनि अघि बढाउने तर, मूलतः सडक संघर्षलाई प्रधानता दिने नीतिका आधारमा एकता खोज्न सकिन्छ।

३। संघर्षमा वैधानिक बाटो कि अवैधानिक बाटो रु यो पनि माओवादी घटकहरूबिच एकताका लागि अर्को महत्वपूर्ण प्रश्न हो। तत्कालका लागि नेपालका माओवादीहरू सशस्त्र क्रान्तिको बाटो हिँड्न सक्ने अवस्था छैन। वैधानिक संघर्षको बाटोभित्र मात्र कैद भएर मात्र पनि क्रान्तिको वस्तुगत आधार तयार पार्न सकिँदैन। तसर्थ, तत्कालका लागि संविधानको दायरामा रहेर हस्तक्षेपकारी कार्यनीति पनि लिने गरी एकता कायम गर्न सकिन्छ।

४। डा। भट्टराई नेतृत्वको घटक कम्युनिस्ट आन्दोलनभन्दा बाहिर रहेका कारण कम्युनिस्ट पार्टीकै छाताभित्र आउँछन् कि आउँदैनन् रु भन्ने प्रश्नहरू छन्। तर, भट्टराईले वाम लोकतान्त्रिक शक्तिको परिकल्पना गरेको र २१ औं शताब्दीको कम्युनिस्ट पार्टी सबैभन्दा लोकतान्त्रिक शक्ति पनि हुने भएकाले त्यसको व्यवहारिक कार्यान्वयनको वैचारिक प्रतिवद्धताका आधारमा एकता खोज्न सकिन्छ।

५। माओवादी घटकबिच एकताका निम्ति अर्को शर्त हो – संगठनात्मक संरचना। माओवादी घटकहरूले वर्तमानकै संगठनात्मक संरचनामा रहेर एकता खोज्न कठिन हुन्छ। विगतमा भएको नेताहरूको प्रोफाइलमा रहेर एकता खोज्न कठिन हुने परिस्थिति पनि छ। यस सन्दर्भमा तत्कालीन एकीकृत नेकपा ९माओवादी० ले हेटौंडा महाधिवेशनमा संश्लेषण गरेको संगठनात्मक संरचनामा जान सकिन्छ। त्यसका लागि विचारको तहमा नेतृत्व गर्ने र संगठनको तहमा नेतृत्व गर्ने २ प्रणालीमा जान सकिन्छ।

६। कम्युनिस्ट पार्टी अविछिन्न उत्तराधिकारीपूर्ण आन्दोलन हो। तसर्थ, नेतृत्व विकास र उत्तराधिकारी निर्माण पनि पार्टी जीवनसँग जोडिएको महत्वपूर्ण विषय हो। ३३ वर्षको उमेरमा पार्टी महामन्त्री सम्हालेका प्रचण्ड लगायतका नेताहरूको केन्द्रीय कमिटीमा अहिले ४० वर्षमुनिका युवाहरू नै भेटिँदैनन्। तसर्थ, पार्टीलाई ‘थ्री इन वान’को अवधारणामा दृढतापूर्वक लैजानुपर्छ।

७। कम्युनिस्ट पार्टीलाई बुर्जुवाकरण हुनबाट रोक्ने महत्वपूर्ण हतियार हो – पार्टीको सर्वहाराकरण। विगतमा माओवादी पार्टीका नेता–कार्यकर्ताले सम्पत्ति पार्टीकरणको अभियान नै चलाएका थिए। अहिले त्यो परिस्थिति छैन। तर, पार्टीको स्थायी समितिसम्म सम्पत्ति पार्टीकरणलाई अनिवार्य शर्त बनाउन सकिन्छ। बढीमा १५ जनाको स्थायी समिति बनाउने र स्थायी समितिमा रहन चाहने नेताहरूको मात्र सम्पत्ति सामूहिकीकरण गर्ने हो भने माओवादी आन्दोलनलाई नयाँ गति दिन सकिन्छ। स्थायी समितिका सबै सदस्यहरूको व्यक्तिगत सम्पत्ति नरहने र सबै नेताहरू आवश्यक सुविधासहितको अपार्टमेन्टमा बस्ने व्यवस्था गर्न सकिन्छ।

८। माओवादीले २०६० मा संश्लेषण गरेको २१ औं शताब्दीको जनवाद हामीले प्रयोगमा नल्याई स्थगित गरिदियौं। उक्त संश्लेषण ठीक थियो कि बेठीक भन्ने कुरा व्यवहारिक दृष्टिले पुष्टि नहुँदै २१ औं शताब्दीको जनवाद स्थगित गर्नु गल्ती थियो। तसर्थ, माओवादीका सबै नेताहरूले एकपटक उक्त संश्लेषणलाई मूर्त रूपमा कार्यान्वयनको दिशामा अगाडि बढाउने संकल्प गर्नुपर्छ। अहिले हामीसँग सेना छैन। तर, पार्टी र सरकारका सन्दर्भमा जनताको जनवादी अधिनायकत्व स्थापित गर्नसक्ने र चक्रीय प्रणाली लागू गर्नसक्ने अवस्था छ। यसलाई लागू गरौं।

९। खुला निर्वाचनले पार्टीलाई कसरी भ्रष्टीकरण गर्दछ भन्ने कुरा एमालेमा केपी ओलीको आगमनले पुष्टि गरिसकेको छ। तर, माओवादी धाराहरूले जुन कमिटी प्रणाली र जनवादी केन्द्रीयताको अभ्यास गरिरहेका छन्, त्यो वैज्ञानिक छैन। आलोचनात्मक र क्रान्तिकारी चेतलाई निषेध गरेर चयन गरिने त्यस्तो नेतृत्वले क्रान्तिको रक्षा गर्न सक्दैन। एकातिर खुला निर्वाचनको भ्रष्टीकरण र अर्कोतिर नेताहरूको गोजीबाट मान्छे छान्ने प्रणाली गलत छ। तसर्थ, पार्टीले निश्चित प्रणाली बनाएर जनदिशामा आधारित नेतृत्व छान्नुपर्छ। त्यसका लागि निर्वाचनको प्रक्रियामा जुन जिल्लाले पार्टीको समानुपातिक मतमा श्रेष्ठता कायम गर्न सक्छ, त्यसलाई नै नेतृत्वमा स्थापित गर्दै लैजान सकिन्छ।

१०। यसका साथै राजकीय क्षेत्रबाट प्राप्त गरिने लाभहरूको समानुपातिक बितरणको वैज्ञानिक प्रणाली खोज्नुपर्छ। राजकीय जिम्मेवारीका लागि निश्चित मापदण्ड र निश्चित कार्यकालको शर्त तोकेर आन्तरिक प्रतिस्पर्धाको नीति लिन सकिन्छ। यी र यस्तै धेरै सुत्रहरूका आधारमा माओवादी आन्दोलनको एकता र सुदृढीकरण सम्भव छ।

समग्रमा अहिले माओवादी आन्दोलनको कुनै पनि घटक सशस्त्र क्रान्ति वा जनयुद्धको बाटोमा जान सक्ने अवस्था छैन, गइसकेका घटकहरू पनि आत्मसमीक्षासहित नयाँ बाटोतिर अग्रसर छन्। तर, संसदवादलाई अनन्त कार्यदिशाका रूपमा ग्रहण गर्ने गल्ती पनि हामीले गर्नु हुँदैन। यिनै विषयको वरिपरि रहेर माओवादी घटकहरूले एकताको नयाँ प्रक्रिया अगाडि बढाउन सक्छन् र सक्नुपर्छ। आउनुस्, माओवादी आन्दोलनको बृहत एकता चाहने हामी युवाहरुले यिनै आधारमा सार्थक एकताको पहल गरौं।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...