News Portal

कागजपत्रविहिनलाई खुसीको खबर, अमेरिकामा आजैदेखि भयो नयाँ नियम लागू

एनपर्दा संवाददाता
१९२२ पटक

अब अमेरिका इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलालाई सामान्यतया पक्राउ नगर्ने र हिराशतमा नराख्ने भएको छ । बाइडेन प्रशासनले अध्यागमन अधिकारीहरुलाई निर्देशन दिदै गर्भवती आप्रवासीहरुलाई पक्राउ गर्ने कामलाई प्राथमिकता नदिन भनेको हो ।

कानूनी रुपमा पक्राउ गर्नैपर्ने र अपवादका मामलाहरुमा बाहेक अब गर्भवती र स्तपान गराउने आप्रवासीहरुलाई पक्राउ नगरिने जनाइएको छ । शुक्रबार संसदीय कर्मचारीहरुलाई पठाइएको मेमोमा यो नीतिबारे उल्लेख गरिएको छ ।

पक्राउ गर्नैपर्ने अवस्थामा उनीहरुको उचित हेरचाहको बन्दोबस्त गर्न निर्देशन दिइएको छ । मेमोमा लैंगीक तटस्थताको भाषा प्रयोग गरिएको छ । जसका कारण तेश्रो लिंगीहरु प्नि समेटिएको जनाइएको छ ।

सुत्केरी भएको एकबर्ष ननाघेकाहरुले यस्तो छुट पाउने भएका छन् । पहिले नै हिराशतमा रहेकाहरुकोबारेमा पनि हिराशतमा निरन्तर राख्ने वा नराख्नेबारे मूल्यांकन गरिने जनाइएको छ ।

बाइडेन प्रशासनको नीतिले सन् २०१७ को ट्रम्प प्रशासनको मेमोलाई उल्टाएको छ । ट्रम्प कालिन नीतिका कारण अहिले पनि हिराशतमा लिइएका महिलाहरु गर्भवती भए नभएको परीक्षण गर्नुपर्ने आवश्यकता रहेको छ ।

ट्रम्पकालमा सन् २०१८ मा २०९८ जना गर्भवती महिलाहरुलाई हिराशतमा लिइएको थियो भने ३८१ जना स्तनपान गराइरहेका महिलाहरुलाई हिराशतमा लिइएको थियो । -खसोखास

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...