News Portal

भर्ने जति सबैले पाउने आइपिओ आउदै, कति दिने आवेदन ?

एनपर्दा संवाददाता
११४८ पटक

मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो।

कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। प्रभावित स्थानीय र सर्वसाधारणका लागि सो परिमाण छुट्याइएको छ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।

आइपिओ भर्नेमध्ये कमैले मात्रै पाएको अवस्थामा यस आयोजनाको आइपिओ भने अधिकांशले पाउने भएका छन्। बोर्डको स्वीकृति पाइसकेको आयोजनाले अबको २ महिनाभित्र आइपिओ जारी गर्नेछ। सिन्धुपाल्चोकमा निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ।

व्याजसहित १५ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। अनुमानित लागतअनुसार प्रतिमेगावाट १४ करोड ७० लाख लाग्नेछ। तर समयावधि लम्बिँदै जाँदा आयोजनाको लागत थप बढ्न सक्नेछ।

कुल सेयरमा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई र ५१ प्रतिशत संस्थापक समूहको रहनेछ। संस्थापकमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

आयोजनाको बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७।२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।३४ मेगावाट क्षमताका ३ युनिटबाट १०२ मेगावाट उत्पादन क्षमता रहनेछ। सन् २०११ मै विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको थियो। https://3ghumti.com/बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...