News Portal

नेपाल खेमामा विभाजन को कता, भिम रावलको छुट्टै टिम (नामावलीसहित)

एनपर्दा संवाददाता
६५८५ पटक

काठमाडौं, । नेकपा एमालेको माधवकुमार नेपाल खेमा विभाजित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपाध्यक्ष भीम रावलसहितका नेताहरुले छुट्टै सम्झौता गरेपनि नेपाल खेमा विभाजित भएको हो ।

रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई आइतबार राति भएको कार्यदलको सम्झौताको पक्षमा छन् । तर, वरिष्ठ नेता माधवकुमार नेपालले सम्झौताप्रति आपत्ति जनाउँदै अदालतलाई प्रभावित पार्न खोजेको प्रतिक्रिया दिएका छन् । तर, उनको पक्षमा रहेका भीम रावल सम्झौताप्रति उत्साही छन् ।

रावललाई यसअघि पनि ओलीले बालुवाटारमा डाकेर पटक पटक भेटेका थिए । सुरेन्द्र पाण्डेसँग पनि भेटघाट बाक्लिएको थियो । नेपाल खेमाका हस्ती नेताहरु रावल र पाण्ड ओलीसँग सम्झौता गर्न पुगेका छन् ।

अब नेपाल खेमामा यसअघि रहेका २३ विघटित प्रतिनिधि सभाका सांसदमध्ये कति जना रहने हुन् भन्ने चासोको विषय बनेको छ । नेपाल खेमाबाट विभाजित भएका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल २३ जनाको गणनामा पर्नेछैनन् । गोकर्ण बिष्ट र योगेश भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको प्रस्तावमा हस्तक्षर गरेका थिएनन् ।

भीम रावल निकट झपट रावल पनि विभाजित खेमामा पुगेका छन् । अब माधव नेपाल पक्षमा १९ जना जति विघटित प्रतिनिधि सभाका सांसद रहेका छन् ।

माधव नेपाल पक्ष
१. माधवकुमार नेपाल २. झलनाथ खनाल ३. सोमप्रसाद पाण्डे ४. मेटमणी चौधरी ५. भवानी खापुङ ६. राजबहादुर बुढा ७. यज्ञराज सुनुवार ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन

१०. जीवनराम श्रेष्ठ ११. नारायण खतिवडा १२. दिपकप्रकाश भट्ट १३. रामकुमारी झाँक्री १४. सरला यादव १५. पुष्पाकुमारी कर्ण १६. कल्याणी खड्का १७. निरादेवी जैरु १८. मुकुन्द न्यौपाने १९. लक्ष्मीकुमारी चौधरी

रावल-पाण्डे पक्षधर
१. भीम रावल २. सुरेन्द्र पाण्डे ३. घनश्याम भुसाल ४. झपट रावल https://www.reportersnepal.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...