News Portal

अघि बढे माधव नेपाल, मन्त्रीका लागि आफ्नो पक्षका ७ जनाको नाम पठाए बालुवाटार ! (हेर्नुस् नामसहित)

एनपर्दा संवाददाता
४९३६ पटक

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह अहिले सर्वाधिक चर्चामा छन् । नेता नेपालकै कारण पटकपटक एमाले एकता भाडिदैँ आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तर सो निर्णय लत्याउदैँ नेता नेपाल अघि बढेका छन् ।

आफ्नै पार्टीको सरकार ढालेर नेता नेपालले देउवा सरकारलाई विश्वासको मत मात्रै हैन् सरकारमै सहभागी हुने अन्तिम तयारी कुरा बाहिरिएको छ ।नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत यसअघि नै देखाइसकेको थियो ।

प्रधानमन्त्रीको सपथ खाए लगत्तै शेरबहादुर देउवाले माधव कुमार नेपाललाई उनको निवासमा भेटेर आफूलाई साथ दिए भने अनुसार मन्त्रालय दिने वाचा गरेका थिए । त्यहि अनुरुप अहिले माधव नेपालले आफ्नो समूहबाट को को मन्त्री बनाउने भनेर लिस्ट देउवालाई बुझाएका छन् ।

बालुवाटार श्रोतका अनुसार माधव कुमार नेपालले ७ जना नेताहरुको नाम पठाएका छन् । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएका छन् ।

यी ७ बाट देउवाले ५ वा ६ जनालाई मात्र मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ । देउवालाई जसरी पनि विश्वासको मत पाउनु पर्ने वाध्यताले माधव नेपालले पठाएको लिस्टका नेताहरुलाई मन्त्री बनाउन राजी भएका छन् । देउवा निकट एक नेताका अनुसार माधव नेपालले पठाएको नाम मध्य एक दुई जनामा देउवा खुशी छैनन् तर माधव नेपाललाई फकाउन भएपनि राजी भएका हुन् ।

माधव नेपाल समूहका अरु नेताहरु भने अहिले देउवा सरकारमा जान हतार हतार नाम दिएकामा रुष्ट भएका छन् । एमालेका अध्यक्ष केपी ओलीसंग वार्ता नगरि निष्कर्षमा पुगेर सरकारमा जान हतार गरेकोमा माधव नेपाल संग भीम रावलदेखि योगेश भट्टराई रुष्ट भएका छन् ।

नेकपा एमालेका नेता गोकूल बास्कोटाले समेत अहिले सामाजिक संजालमा स्ट्याटस लेख्दै देउवा सरकारको मन्त्री मण्डलमा नेपाली कांग्रेसबाट ९ जना, माधव नेपाल समूहबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जसपाबाट ५ जना समावेश हुने गरि सम्झौता भएको कुरा उल्लेख गरेका छन् । https://onlinemarg.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...