News Portal

एमालेको अध्यक्षबाट बिदा हुनेभए ओली, कसले पाउँदैछ जिम्मेवारी

एनपर्दा संवाददाता
७७७० पटक

काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो ।

विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो ।

नवौं महाधिवेशनको २०३ सदस्यीय केन्द्रीय कमिटीमा माधवकुमार नेपाल पक्षमा ८८ जना रहेको बुझिएको छ । बामदेव गौतम पनि नेपालसँगको सहकार्यमा रहेकाले लगभग १०० केन्द्रीय कमिटीको संख्या पुग्ने आँकलन गरिएको छ । बाँकी केही केन्द्रीय सदस्य ओली पक्षबाट तान्ने गरी तयारी बढाइएको छ ।

पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ ।नेकपा एमाले मिल्ने सम्भावना लगभग अन्त भएपनि ओलीलाई अध्यक्षबाट राजीनामा गर्न लगाउने या हटाएर भएपनि बढ्ने रणनीतिका साथ दोस्रो पुस्ताका हस्ती नेताहरु आन्तरिक गृहकार्यमा छन् । ओलीले राजीनामा दिने सम्भावना लगभग छैन । त्यसैले उनलाई हटाउने रणनीतिमा ओलीनिकट मानिएका केही नेताहरु नै लाग्न सक्ने बुझिएको छ ।

एमालेभित्र ओलीको पकड बलियो रहेकाले उनलाई हटाउन सजिलो भने छैन । तर, एमाले एक बनाउने सवालमा उनलाई हटाउन सम्म दोस्रो पुस्ताका केही नेताहरु अगाडि बढ्ने सम्भावना नभएको होइन ।

ओली अध्यक्ष नै रहे के होला
एमाले अध्यक्षबाट ओलीलाई राजीनामा गर्न लगाउने या हटाउने गरी विरोधी नेताहरु सक्रिय भएका छन् । तर, दुवै सम्भावना नभएमा एमाले फुट्ने निश्चितप्रायः छ ।राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सांसद संख्या पुग्नुपर्छ । केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेपनि ओलीविरोधीसँग संसदीय दलमा ४० प्रतिशत पुग्दैन । त्यो संख्या पुर्याउन माधव नेपाल पक्ष सक्रिय भइसकेको छ ।

४० प्रतिशत सांसद संख्या नपुगे अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने नेपाल पक्षको तयारी देखिएको छ । यो विकल्पमा पनि नेपाल तयारी अवस्थामा बसिसकेको बुझिएको छ ।

यथास्थितिमा नेपालसँग ३२ भन्दा बढी सांसद छन् । यो संख्या देउवाको पक्षमा विश्वासको मत दिने २२, माधव पक्षमा रहेर मतदान नगर्ने ८, मतदानमा भाग लिन आउन नपाएका झलनाथ खनाल र तुलसा थापा समेतको संख्या हो । गोकर्ण बिष्ट र योगेश भट्टराई समेतलाई गणना गर्दा ३४ पुग्छ । https://compaqnews.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...