News Portal

माधव जि तपाई दलको नेता बन्नुस्, १५-२० जना सांसद म जुटाउँछु : कृष्णकुमार श्रेष्ठ

एनपर्दा संवाददाता
२२६ पटक

काठमाडौं । मंगलवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदसँग छलफल गरे । पार्टीले कारवाही गर्ने तयारी भइरहेका बेला आफूलाई साथ दिएका सांसदसँग उनले परामर्श गरेका थिए ।

छलफलमा विश्वासको मत दिने बेला केपी ओली समूह छाडेर माधव समूहमा लागेका ८ जना पनि सहभागाी थिए । आफूनिकट रहेका ११ जना सांसद विश्वासको मत दिने बेला बाहिरिए पनि नेपालले ओली पक्षका सांसदको साथ पाएका थिए ।

भेलामा सहभागी सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले उत्साहित हुँदै माधव नेपाललाई दलको नेता बनाउन आफूले १५/२० जना सांसद ओली पक्षबाट तान्न सक्ने दावी गरेको अर्का एक सांसदले बताए । उनले ओलीलाई संसदीय दलमै अल्पमतमा पार्न सकिने उपाय बताएका थिए ।

एमालेका १ सय २१ जना सांसद छन् । ती मध्ये २२ जनाले माधव नेपाललाई साथ दिएर विश्वासको मत दिए । भीम रावलसहित ११ जना माधव नेपालनिकट सांसदहरू मतदान प्रक्रियामा सहभागी नभए पनि उनीहरू ओली पक्षमा नजाने आँकलन गरिएको थियो ।

मतदानमा सहभागी नभएकी पवित्रा निरौला खरेल, ओलम्पिकका लागि जापानमा रहेकी कुमारी तुलसी थापा र दिल्लीमा उपचाररत झलनाथ खनालसमेत जोड्दा माधव नेपाल पक्षमा प्रतिनिधिसभाका ३६ सांसद पुग्छन् । तर, दलमा बहुमत पुर्‍याउन कम्तीमा ६१ जना सांसद आवश्यक पर्छ ।

किसान श्रेष्ठले उत्साही भएर १५/२० जना सांसद जुटाउँछु भने पनि त्यो संख्याले समेत बहुमत पुग्दैन । सोही भेलामा अरु केही सांसदले संसदीय दलमा केपी ओलीलाई अल्पमतमा पार्न कम्तीमा यो संसद रहेसम्म सम्भव नरहेको बताएका थिए ।

‘दुई/चारजनालाई मन्त्री बनाउने वा अन्य कुरा गरेर तान्न सकिन्छ, कतिपय व्यक्ति ओली कमजोर भएपछि गुट छाड्न सक्छन् तर त्यति ठूलो संख्यामा ओली छाड्ने सम्भावना देखिन्न’ नेपालनिकट एक नेताले भने, ‘बरु केन्द्रीय कमिटीमा बहुमत जुटाइन्छ ।’

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...