News Portal

माधव नेपाललाई नोबेल शान्ति पुरस्कार दिउन्: गोकुल बास्कोटा

एनपर्दा संवाददाता
१३४ पटक

काठमाडौं, ।नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आज सिंगो देशमा, नेपालको कम्युनिष्ट आन्दोलनमा र नेकपा एमालेभित्र जे÷जस्ता घट्ना र परिदृश्यहरु देखिए, जनताको मतको अन्तिम उल्लंघनकर्ता, आह्वानकर्ता र सूर्यबाट मत लिएर रुखलाई चाहीँ सघाउने, पार्टीविरोधी जुन काम भयो, त्यसको सम्पूर्ण अगुवाई र नेतृत्वकर्ता माधव नेपाल हुनुहुन्छ ।

उहाँले नेतृत्व गरेको एउटा सानो विरोधी झुण्ड छ भन्ने कुरा सबैलाई थाहा छ, त्यसो भएको हुनाले उहाँले जनताको मन मनबाट, कार्यकर्ताको मन मनबाट उहाँ आँफै हिजो त्यत्रो समय पार्टीको नेतृत्व गरेको नेताले आज व्यक्तिगत राजनीतिक ईस्यु र एजेण्डा सकिएपछि व्यक्तिमा कुण्ठाको स्तर कुन तहले विकसित हुँदो रहेछ, त्यो बदला भावमा कसरी प्रकट हुँदो रहेछ भन्ने कुराको एउटा नमूना उहाँले देखाउनुभयो ।

त्यसकारणले गर्दा लामो समयदेखि पार्टीमा क्रियाशिल, नयाँ पुस्ताका अगुवा साथीहरु, तन्नेहरु, र नेपालको राजनीतिलाई नजिकबाट नियाँल्दै गरेको हाम्रो पुस्ता, ती सबैले आजको विज्ञान, प्रविधिको युगमा सबैले हेरेको छ । उहाँ अब एमालेको सम्मानजनक स्थानबाट स्खलित भैसक्नुभएको छ । उहाँलाई जनताको तहबाट कारबाही भैसकेको छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले आज बस्ने केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहितका नेताहरुलाई कारबाही गर्नेबारे एउटा निर्णय लिने जनाए ।

उनले अब नेकपा एमाले र माधव कुमार नेपाललाई सँगै हिँड्न र हिँडाउन नसकिने पनि जिकिर गरे । उनले अब माधव नेपाल र एमालेलाई सँगै जिताउन पनि नसकिने जिकिर गरे । उनले भने,‘किनभने एमालेलाई जिताउँदा माधव नेपाल हार्नुहुन्छ, माधव नेपाललाई जिताउँदा एमाले हार्छ ।

अब उहाँको हकमा अब पर्खिने सम्पूर्ण सिमारेखाहरु समाप्त भए । कसैलाई चित्त दुख्ला, उहाँको पछि पनि लाग्लान्, त्यसमा हामीलाई आपत्ति पनि भएन् ।’

उनले हरेक वर्गीय खलनायकहरुलाई सम्मान गरिने गरेको टिप्पणी गरेका छन । उनले भने,‘हरेक खलनायकहरुलाई यसैगरि सम्मान गरिन्छ, जसरी गोर्बाचोभलाई पश्चिमाहरु र पुँजीवाद वर्गहरुले सोभियत युनियन पतन गराईदिएपछि नोबेल शान्ति पुरस्कार दिएका थिए ।

ठीक छ, माधव नेपाललाई नोबेल शान्ति पुरस्कार दिउन्, यसमा हाम्रो कुनै आपत्ति छैन् । हामी त खुशी हौंला, एक जना नेपालीले नोबेल शान्ति पुरस्कार पाए भनेर । आन्दोलनलाई अपाङ बनाएपछि, यो आन्दोलनका विरोधीहरुले जयजयकार गर्ने कुरा साधारण कुरा हो ।”

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...