News Portal

माओवादी त्यागेर ओली क्याम्पमा गएका नेताहरुलाई श्रीमती र भाइभतिजाले पनि छोडे…

एनपर्दा संवाददाता
१३४ पटक

मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् । टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन र पार्टी कमिटीमा काम गरिरहेका छन् ।

खेलकुद मन्त्री भएका दावा तामाङसँग अहिले एकजना पिए पनि साथमा छैनन् । अरु त अरु, पत्नी कुमारी मोक्तान नै उनीसँग लागेर एमाले भइनन् । कुमारी बागमती प्रदेशसभा सदस्य छिन् र माओवादी केन्द्रको पुरानो जिम्मेवारीमै रहेकी छन् ।

मन्त्री हुन एमाले भएका मणि थापा गृहजिल्ला प्युठानमा जनाधार शून्य नेता हुन् । लेखराज भट्टसँग कार्यकर्तादेखि आफन्त कोही साथमा छैनन्, सबै माओवादी केन्द्रमै छन् । गौरीशंकर चौधरीको हालत पनि त्यही हो । https://janadeshkhabar.com/ बाट साभार गरिएको हो ।

अध्यादेश ल्याएर माधवकुमारको ऋण चुक्ता गर्दै देउवा !
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सार्थक सारथि बन्न सफल भए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षी कांग्रेसलाई सत्ता सुम्पिनेमात्रै होइन दुई तिहाइ नजिक बहुमत प्राप्त कम्युनिष्ट सरकारले मुलुक हाँक्न नसक्ने सन्देश दिँदै नेता नेपालले देउवालाई सत्तारोहण गराए ।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न नेता नेपालले आफ्नो समूहका नेताहरुलाई प्रयोग गरे । सत्तारोहणसँगै देउवा सरकारलाई बलियो बनाउन पार्टीको निर्देशनविपरीत गत असार २८ संसदमा नेता नेपालले एमालेका २२ जना सांसदलाई विश्वासको मत दिन राजी गराए । एमालेका २२ सहित देउवा सरकारले १६५ मत पाएर शक्तिशाली बन्यो ।

आफ्नो पार्टीको सरकार ढालेको, कांग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर दिएको, पार्टीको निर्णयविपरीत देउवा सरकार विश्वासको मत दिएको, आफ्नो पार्टी र नेताहरुको बद्नाम गर्ने कार्य गरेको आरोपमा नेता नेपालसहित २२ जनालाई एमालेले स्पष्टीकरण सोधेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई ‘गद्दार र अपराधि’ भन्दै एमालेमा कुनै स्थान रहेको बताएका छन् ।

नेताहरुको अभिव्यक्ति र क्रियाकलाप हेर्दा एमालेमा नेता नेपाल फर्कनभन्दा बाहिरिन सजिलो हुने देखिन्छ । तर, कसरी ? हो यहीँनेर आफूलाई सत्तारोहण गराउन लगाएको ऋण प्रधानमन्त्री देउवाले चुक्ता गर्ने तयारी गरेको राजनीतिक वृत्तमा चर्चा छ । एमाले फर्कने वातावरण नपाएको खण्डमा नेता नेपाललाई पार्टी विभाजन गर्न सहज बनाउने गरी कानुन ल्याउन प्रधानमन्त्री तयार रहने बताइन थालेको छ ।

तर, संसदको अधिवेशन चलिरहेकाले सम्भव नहुने भएपछि अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी भइरहेको राजनीतिक क्षेत्रमा गाइँगुइँ चल्न थालेको छ । भलै यसलाई कसैले पुष्टि भने गरेका छैनन् ।

पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या आफ्नो पक्षमा पार्न सक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदमा एमालेको १२१ सदस्य रहेको छ । तर, नेता नेपाल संसदीय दलमा कमजोर देखिएका छन् । पार्टी फुटाउन संसदीय दलमा ४९ सांसदको समर्थन जुटाउन नेता नेपालले सक्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२, मतदान बहिस्कार गरेका ११ जना र थप तीन जना गरी ३६ जना सांसद नेपाल समूहमा छन् । तर, पार्टी फुटाउन नेता नेपाललाई थप १३ जना सांसद आवश्यक पर्छ ।

यदी संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउन नसकेको अवस्था नेता नेपालले प्रधानमन्त्री देउवासँग सहयोग मागेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन दबाब सृजना गर्न सक्ने नेताहरुले बताएका छन् ।

पूर्ववर्ती सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा कांग्रेससहित दलहरुले विरोध जनाएका थिए । नेता नेपाललाई पार्टी फुटाउन सजिलो बनाउनका लागि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउने अड्कल र चलेको गाइँगुइँको सत्यता निकट दिनमै थाहा हुनेछ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...